दाङ बङगलाचुली गाउँपालिकामा दर्जनौ युवा राष्ट्रिय जनमोर्चामा प्रवेश

दाङ । दाङको बङगलाचुली गाउँपालिकामा दर्जनौँ युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । गाउँपालिकाको मुकाम कमिरेचौरमा २०७७ असोज २ गते प्रवेश कार्यक्रम आयोजना गरी बिगतमा डबल नेकपा र नेपाली काङ्ग्रेसमा आबद्ध रही काम गरेका युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन ।

प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजलार्इ विकृति र भ्रष्टाचारमुक्त बनाउनका लागि सम्पूर्ण युवाहरू राष्ट्रिय जनमोर्चामा आबद्ध हुनु पर्ने बताउनु भयो । पालिका र जिल्लालाई नै सबैखाले बेथितिबाट मुक्त गराउनका लागि जिल्लाब्यापी युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर चलेको बताउँदै उहाँले यसलाई अझै घनीभूत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूमा सुमन घर्ती, पीरम नेपाली , यमबहादुर घर्ती, सुनिल घर्ती, गोलु बुढा, र्र्इश्वर मगर, कमल केसी, मिनराज घर्ती, बिबेक बुढा मगर, पुरन घर्ती, हिमलाल घर्ती, तारासिंह घर्ती मगर, भोपाल बुढा, देवराज घर्ती, सुरज घर्ती, चन्द्र बुढा, बिमबहादुर थापा, वसन्त तिवारी, माधव राना, नवीन बुढा, प्रेम खड्का, हुकुम तिवारी, नरबहादुर जिसी, राजन घर्ती, भिम तिवारी, सन्तोष परियार, पदम खड्का, मिनराज पौडेल , श्रीधर भण्डारी , डोमबहादुर बुढा, तिलक नेपाली , बिनोद बुढा, कमला केसी, सलिना परियार, उषा खड्का, केसरा घर्ती, टिकाराम तिवारी, बिस्ना बुढा, प्रेमलाल घर्ती, भुमा बुढा, मीनबहादुर डागी, सुरेश डागी, मेघराज खत्रीलगायत दर्जनौँ रहनुभएको छ ।

सुमन घर्तीको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले सबैलाइै अबिर लगार्इ पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो ।

अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य डोरबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला सचिव तुल्सिराम पन्थीले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार