नेपाली एकतालाई शुभकामना

“नेपाली एकता“ आनलाईनलाई शुभकामना।
नया रुपमा “नेपाली एकता“लाई शुभकामना।।
भारतका गल्लीवाट मन्दमन्द हिडेका कदम।
संसार वदल्ने गर्विलो यात्रा वनोस त्यो कदम।।

सरोज शर्मा को रक्क्तसिंचीत त्यो पथमा हिडोस ।
रेशमी साडीको कथालाई नव कथक मिलोस।।
हजारौ श्रमजीवीको न्यायको आवाज यो वनोस।
लाखौ वेसहाराहरूको आश्रय विम्व यो वनोस ।।

मरुभूमि हुदै पहाडी कंदरामा नि पुग्नु तिमी ।
समुन्द्र हुदै हिमशिखर सम्म अझै पुग्नु तिमी।
नथाकोस शरिर तिम्रो खुट्टा काप्दै नकापोस।
जहां तिम्रो कदम पुग्छ दुश्मन डरैले भागोस।।

हजारौ श्रमजीवीको स्कन्दन भित्रको यो आवाज।
रातो झंडा वोक्न सिकाउने मजदुरको आवाज।।
संसार वदल्ने महान यात्रमा हिडिरहने छ।
घात प्रतिघात चिर्दै अगाडि वढिरहने छ ।

हिमाल, पहाड, तराइलाई एकजुट पार्ने छ ।
राष्ट्रीयताको लागी अभेद्ध रक्षाकवज वन्नेछ।।
साम्राज्यवाद विरुद्ध निरन्तर लेखिरहनेछ।
संघियता खारेजीको यात्रामा हिडिरहने छ।।

आस्था अटुट रहोस विचार झनै दृढ वनोस।
निती स्पात सरी दह्रो छ झनझन दृढ वनोस।।
शव्द शव्दमा क्रान्ति विगुल नभमा हुंकार भरोस।
जन–जनमा प्रिय वनोस छाती गर्वले भरोस ।।

विश्वासको नामहोस जितोस मजदुरको मन।
नया सृजना प्रकाशनले प्रफुल्ल सवको मन।।
अनमोल रत्न जस्तै सवैका मनमा छाओस।
“नेपाली एकता”ले आमुल परिवर्तन ल्याओस।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार