पाण्डेचरी मध्य दक्षिण टाउन एरियाले सम्पन्न पार्यो भैलो

199 जनाले पढ्नु भयो ।

जनकराज पौडेल,

नोभेम्बर १६ पाण्डिचेरी ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी, अन्तर्गत मध्य दक्षिण टाउन एरिया समितिले तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित प्रगतिशिल भैलो कार्यक्रम भव्यरुपमा सफल पारेको छ ।

कार्यक्रम प्रेम बहादुर रानाभाटको अध्यक्षता, सञ्जू शर्माको सञ्चालनमा अगाडि बढेको थियो ।

मूल प्रवाह केन्द्रिय समिति सचिव तथा नगर समितिका अध्यक्ष जनकराज पौडेल, केन्द्रिय परिषद सदस्य चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समिति सदस्य डिल्ली प्रसाद शर्मा, विद्यार्थी विभाग क्षेत्रीय समितिबाट विजय शर्मा, महिला नगर विभाग अध्यक्ष विष्णु शर्माले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण, पछि कार्यक्रममा सहभागिहरुलाई कलाकारहरुले गितद्धारा र एरिया समिति सचिव हिरा देवि शर्माले शब्दबाट स्वागत गर्नु भएको थियो ।

केन्द्रिय सचिव तथा नगर अध्यक्षले विधिवतरुपमा भैलो उद्घाटन गर्दै अहिले कोरोना भाईरसले निम्ताएको असहज परिस्थिति, प्रगतिशिल भैलो र संगठनको महत्व बारे प्रष्टाउनु भएको थियो ।

कार्यक्रम सफलताको शुभकामना सहित संगठन र प्रवासमा प्रगतिशिल भैलो बारे चन्द्रकान्त शर्मा, दिल्ली प्रसाद शर्माले बोल्नु भएको थियो ।

त्यस्तै शुभकामना दिदै महिलाहरुको हक अधिकार र संगठित शक्तिको महत्व बारे विष्णु शर्माले विचार प्रकट गर्दै सफलताको शुभकामना दिनुभएको थियो ।

मुदलियर पेट एरिया समिति सचिव रवि पौडेल, विद्यार्थी विभाग क्षेत्रीय समिति विजय पौडेल, नगर विभागबाट विनिता शर्माले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।

विचमा विचमा रक्तिम साँस्कृतिक कार्यक्रम सहित तिहार सन्दर्भका गित र अभिनयहरु प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *