पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

  •   
  •  
  •  
  •  
  •  
  •  

141 जनाले पढ्नु भयो ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई सोमबार बिहान नर्भिक हस्पिटल भर्ना गरिएको हो ।

अहिले उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको तर आरामका लागि थप केही दिन अस्पतालमै रहनुपर्ने उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री खनाल हालै कोरोना संक्रमणबाट मुक्त हुनुभएको थियो ।अस्वस्थताका कारण खनाल केही समय यता शीर्ष नेताहरुको बैठकमासमेत पत्यक्ष सहभागी हुनुभएको छैन । केही दिन अघि सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको बैठकमा उहाँ जुममार्फत सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *