प्रधानमन्त्रीलाई खुल्ला पत्र

सम्मननीय प्रधानमन्त्री ज्यू,
नेपाल सरकार
सिंह दरबार काठमाडौं नेपाल

सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओलि तपाईंको मनोमानिमा राष्ट्रपति श्रीमती बिद्यादेवि भन्डारीलाई कठपुतली त बनाउनु भयो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा उच्च सम्मानित संस्था (शितल निवास) को समेत धज्जि उडाएर संसदको कत्लेआम हत्या गरि रास्ट्रियताको लागि उठाइएको यो कदमले तपाईं एक तानाशाहको रुपमा देखिनु भयो । पुर्व सेनापति रुकमानगत कटुवालाई गृहमन्त्रीको अफर, २०६२–२०६३ को १९ दिनको महान जनआन्दोलनले निर्मल निवास पठाएको पुर्व राजा ज्ञानेन्द्र शाहलाई सक्रिय पार्ने तपाईंको कदमले पुर्व राजा भन्दछन यस महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनीति जालझेल सिर्जना गरि जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निमित्त देशलाई दुर्घटना धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् । वक्तव्य जारी गरे ।

सम्माननीय प्रधानमन्त्री महोदय: यसरी तपाईं पटक पटक जनताले चुनेको संस्था संसदीय ब्यवस्थाको गरिमामय आत्मालाई आक्रमण गरेर संसदलाई रक्ताम्य पारेर हिँडि रहदा , तपाईं एक तानाशाहको रुपमा देखिँदै देशलाई प्रतिगमन दिशातर्फ उभ्याउनुभयो किनभने तपाईं एक प्रतिनिधि पात्र बनेको हुदा एकातिर नेपाली जनताले कारबाही गरि फालेका पुर्व राजालाई सलबलाउने मौका दिएर हिन्दुराज्य गठन निर्माण र आवाजलाई सक्रिय सहयोग गरिरहनु भएको छ भने राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षतालाई ओझेलमा पारेर नेपाली जनतालाई धोका दिई रहनु भएको छ ।

सम्मानिय प्रधानमन्त्री महोदय खड्ग प्रसाद ओली :

यो वर्तमान राज्य सत्ताको स्वरुप मुल रूपले सामन्ती दलाल नोकरशाही र बुर्जुवा प्रकारको छ र यसलेमुठ्ठीभर शोषक वर्गहरुको नै प्रतिनिधित्व गर्ने र हितको खातिर काम गर्दछ तर न्यायप्रेमी नेपाली जनताको सपना र लडाइँ के हो भने यो प्रतिक्रियावादि राज्य सत्तालाई धोस्त पारेर जनबादि क्रान्ति सम्पन्न गर्नु पहिलो उदेश्य हो तर तपाईं जस्तो लोकतान्त्रिक पक्षधरहरुको पक्षपाती नेता तानाशाही बनेर हिटलरको चेहरामा आउनुस नेपाली जनता चकित हुने छैनन , मात्र केहो भने तपाईं खुसि मनोमानि जालझेल षड्यन्त्र गरेर उखान टुक्कामा देश प्रतिगमन दिशामा डोहो¥याइ रहनु भएको छ यो नेपाली जनतालाई सह्य हुने छैन , अतः पछिल्लो राजनीति घटनाक्रम मध्य रात ०७ जेठ २०७८ का दिन तपाईंको सिफारिसमा गरिएको प्रतिनिधि सभा बिघटनले असंबैधानिक प्रतिगामी कदमको हामी घोर रुपमा निन्दा र बिरोध गर्दछौ साथै नेपाली जनताको तर्फबाट यथासिग्र संसद पुनःस्थापनको जोडदार माग गर्दछौ ।

जनक बिसि
प्युठान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार