बुटवल । अखिल नेपाल युवक संघ रूपन्देही र अखिल नेपाल जनजाति सम्मेलन रूपन्देही जिल्ला समितिको संयुक्त आयोजनामा हेमप्रसाद पुनको १४ औं स्मृति दिवस सम्पन्न भएको छ।
जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नारायण पुनको अध्यक्षता, युवक संघका जिल्ला संयोजक हरि योगीको सञ्चालन र ज्ञामुध्वज मल्लको स्वागतबाट अगाडि बढेको कार्यक्रममा पुनको तस्बिरमा टीका लगाई सम्पन्न भएको हो ।
कार्यक्रममा वक्ताहरूले पुनको निधनले पार्टी र क्रान्तिमा ठूलो क्षति भएको र एउटा सहयोद्दा कामरेड गुमाउनु परेको बताउनुभयो । जन्म पछि मृत्यु वास्तविकता भए पनि सबैको सम्झना हुने नगरेको भन्दै जस्ले देश र समाजको लागि केही न केही योगदान गरेको हुन्छ, त्यसलाई मात्र हामीले सम्झने गर्दछौं उहाँहरुले भन्नुभयो । तिनै समाजसेवी मध्य एउटा अति महत्त्वपूर्ण ब्यक्तित्व हेमप्रसाद पुन भएको समेत वक्ताहरुले औंल्याउनु भयो ।
वक्ताहरूमा रूपन्देही व्यापार संघका पूर्व अध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय उध्धोग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डिराज शर्मा,जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक,राजमो जिल्ला सचिव टान बहादुर केसी हुनुहुन्थ्यो ।
कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्यले उहाँको पृष्ठभूमि बताउदै बाबा ईन्द्र बहादुर र आमा भद्रकली पुनको कोखबाट २०२८ साल फागुन १४ गते जन्मनु भएका हेमप्रसाद पुनका ४ दिदी २ बहिनी र २ भाइ हुनुहुन्थ्यो ।
एसएलसी महेन्द्र माध्यमिक बिद्यालय वामीटक्सार गुल्मीबाट र मानवशास्त्र र समाजशास्त्रमा स्कानोत्तर गर्नुभएको पुनले विद्यार्थीबाट राजनीति सूरू गर्दै २०५० सालमा युवक संघ बाग्लुङको मन्त्री २०५२ साल चैत्रमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलन बाट केन्द्रीय कोषाध्यक्ष, २०५४ मा महामन्त्री र २०५५ माघमा बुटवलमा सम्पन्न राष्ट्रिय भेलाले केन्द्रीय अध्यक्ष चयन गरेको बताउनुभयो । अल्सरको कारण मोडल हस्पिटल काठमाडौंमा उपचारको क्रममा २०६३ साल अशोज ७ गते आकश्मिक निधन भएको थियो ।
कार्यक्रममा रूपन्देही प्रवक्ता नारायण जिसी र अनेज सम्मेलनका ५नं प्रदेश सदस्य तथा पुनका सहयात्री बिमल श्रीसले पनि मन्तव्य दिनुभएको थियो ।