भावनगर नगर समितिको प्रथम भेला सम्पन्न

भावनगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने भावनगरमा दिनांक १५ जुलाई २०२१ मा दोस्रो नगर सम्मेलन पछिको प्रथम नगर भेला सम्पन्न भएको छ ।

केन्द्रीय समितिका सदस्य गोविन्द बहादुर थापा र क्षेत्रीय समिति अध्यक्ष एवं केन्द्रीय समितिका सचिव बेदबहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो ।

जीवन सोनीको सञ्चालन, राजकुमार थापाको अध्यक्षता र स्वागत मन्तब्य भुपेन्द्र राजपुतले दिर्नभएको थियो । भेलाले राजकुमार थापाको अध्यक्षतामा ११ पुर्ण सदस्य, ३ बैकल्पिक, ३ सल्लाहकार गरि १७ सदस्यीय भावनगर नगर समिति निर्माण गरिएको छ ।

उपाध्यक्ष– घनश्याम पुन, सचिव– जीवन सोनी, सहसचिव–राजेश थापा, कोषाध्यक्ष– राजु सोनी, सदस्यहरुमा क्रमशः भुपेन्द्र राजपुत, अनुप रोकाय, सुन्दर विसी, नविन तिरुवा, संकर गिरी, अनिल केसी वैकल्पिक सदस्यमाः लविलत विक, रतन विक, गणेश थापा, सल्लाहकारमा याम रोका, चन्द्र बहादुर थापा र  शुवास सोनी रहनुभएको छ ।

नयाँ नगर समितिका साथीहरुलाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले समाजको आबस्यक र महत्व बारेमा प्रकाशन पार्नुका साथै नयाँ समितिलाई बधाई एवं शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार