महेषाणामा नगर समिति पुनर्गठन

  •   
  •  
  •  
  •  
  •  
  •  

255 जनाले पढ्नु भयो ।

महेषाणा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने मेहषाणामा दिनांक १६ जुलाई २०२१ मा नगर समिति पुनर्गठन गरिएको छ ।

भेलामा केन्द्रीय समितिका सदस्य गोबिन्द बहादुर थापा र पश्चिम भारत क्षेत्रीय समिति अध्यक्ष एवं केन्द्रीय समिति सचिव बेद बहादुर कार्कीको आतित्थ्यता गर्नु भएको थियो ।

भरत गरुुङ्गको सञ्चालनमा अघि वढेको प्रथम नगर भेलाको अध्यक्षता शेर बहादुर बिकले स्वागत मन्तब्य ललित बुढाले गर्नुभएको थियो । शेर बहादुरको होटेलको हलमा व्यापक उपस्थितिमा विधि पुर्वक सम्पन्न गरिएको थियो । भेलामा आफ्नो भनाइ राख्दै बेद बहादुर कार्कीले नयाँ समिति घोषणा गर्नुभएको थियो । १५ पूर्ण, ४ वैकल्पिक र ४ सल्लाहकार गरि २३ सदस्यीय महेषाणा नगर समिति चयन गरिएको छ ।

जसमा अध्यक्ष– शेर बहादुर विश्वकर्मा, सचिव– भरत गुरुङ, सहसचिव– स्थिरजङ्ग कार्की, कोषाध्यक्षमा नगिन जैशी, नारायण ढुंगाना, राजु ढुंगाना, गणेश बहादुर थापा, इश्वर बुढा, प्रकाश चन्द्र, बसन्त थापा, विष्णु विक, जगत थापा, महेन्द्र रावल, लक्ष्मण घर्ति वैकल्पिक सदस्यमाः गणेश जोशी, नविन थापा, दुई स्थान रिक्त, सल्लाहकारमा निर्मल सोनी, कृष्ण दर्जि, चन्द्रबहादुर खत्री र पदम रावल रहनुभएको छ ।

नयाँ समितिलाई केन्द्रिय सदस्य गोविन्द बहादुर थापाले मूल प्रवाह समाजको बावस्यकता र महत्व बारेमा प्रकाश पार्नुभएको साथै समितिलाई बधाई एवं शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *