मूल प्रवाहद्वारा मध्य हैदरावादमा अनलाइन प्रशिक्षण

हैदरावाद (भारत)

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्र अन्तर्गत हैदरावाद मध्य नगर समितिले एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । २९ सेप्टेम्बरमा भएको अनलाइन कार्यक्रममा मूल प्रवाहका नेताहरुले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा ‘मूल प्रवाहको बिगत, बर्तमन र आगामी कार्यक्रम’ बारे अध्यक्ष दुर्गाबहादुर केसीले प्रशिक्षण दिनुभएको थियो भने ‘देसको समसामयिक राजनीति अबस्था’ बारे कार्यबहाक महासचिव ठाकुर खनालले प्रशिक्षण दिनुभएको थियो ।

यस्तै, ‘मध्य दक्षिण क्षेत्रको संगठनात्मक अवस्था र आगामी कार्यक्रम’ बारे केन्द्रीय सचिव प्रेम पौडेल र ‘संगठनात्मक अनुशासन र महत्त्व’ बारे केन्द्रीय सदस्य राम प्रसाद आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

मध्य दक्षिण क्षेत्र अन्तर्गत सबै नगरमा एक दिने प्रशिक्षण सम्पन्न पार्ने क्षेत्रीय समितिको निर्देशन तथा गत नगर समितिको बैठकले तय गरेको योजना अनुसार प्रशिक्षण सप्पन्न गरिएको हो ।

नगर अध्यक्ष थम्मन बस्नेतको अध्यक्षता तथा सचिवव तिलक रानाको सञ्चालनमा अघि बढेको प्रशिक्षणात्मक कार्यक्रममा नगर समितिका कोषाध्यक्ष राजु दुलालले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा मूलप्रवाका सल्लाहकार सदस्य धनबीर पुनमगर, केन्द्रीय सदस्य तथा महिला विभाग संयोजक फुलबिना पौडेल, केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव खिम बहादुर बिक र क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेलको पनि आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार