मूल प्रवाहद्वारा रोहतकमा राहत वितरण

रोहतक । विश्व स्तरमा कोरोना भाइरस दैनिक रूपमा बढ्दो अवस्थामा रहेको संक्रमण एवं मृत्युदरले स्वास्थ्य सेवा एवं प्रशासनिक सेवा समेत धरमराइरहेको अवस्था छ । सरकारले यो रोगलाई रोकथामका लागि लगाएको लकडाउनले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाई दिनानुदिन खान बस्न समस्या पर्दै गइरहेको छ ।

यसै बीच भारतस्थित नेपालीहरु बीच अभिभावकिय भूमिका निर्वाह गर्दै आइरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको रोहतक नगर समितिले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक नेपालीहरुलाई राहत प्रदान गरेको छ । नगर समितिका अध्यक्ष रेशम विकले दिएको जानकारी अनुसार नगर समितिको पहलमा २० किलो आटा, ३० किलो चामल, १५ किलो आलु, ५ किलो दाल राहत स्वरुप २२ जना श्रमिक नेपालीहरुलाई प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार