राजमो बाग्लुङका उपाध्यक्ष धर्म कुँवर पत्नी शोकमा

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरकी श्रीमती दुरपति कुँवरको निधन भएको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर निवासी श्रीमती कुँवरको आइतबार बिहान ११ वजे ६६ वर्षको उमेरमा निधन भएको राजमो बागलुङले जनाएको छ ।

उहाँ केही समय अगाडिदेखि पित्तथैलीमा क्यान्सर भएकोले ललितपुर हरिसिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारत हुनुहुन्थ्यो । २ महिनाको उपचार पछि उहाँ क्यान्सर सँगै जण्डिस पनि देखिएकोले जण्डिसको उपचारसँगै केही समय आरामका लागि असार ३१ गते अधिकारीचौर स्थित घरमा जानुभएको थियो । सोही क्रममा उहाँको दुखद निधन भएको हो ।

राजमो बागलुङका अध्यक्ष अमर थापाले कुँवरको निधनले स्तव्ध बनाएको बताउनुभएको छ । ‘उहाँले लामो समय देखि राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सम्पर्क कार्यालयमा सहयोग पुराउँदै आउनु भएको थियो । उहाँको दुखद निधनले हाम्रो पार्टीलाई अपुरणीय क्षती पुगेको छ’ अध्यक्ष थापाले आइतबार विज्ञप्ति प्रकाशित गरी भन्नुभएको छ ।

राजामोले मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार