रोपडमा भव्य रुपमा भैलो सम्पन्न पारियो

खिमराज चालिसे,
चंडिगढ, १५ नोवेम्वर । तिहारमा खेलिने देउसीभैलोले पारम्पारिक कलासंस्कृती झल्काउने हँुदा प्रवासी नेपालीहरुले यसको सकारात्मक पक्षको संरक्षण गर्नु पर्ने धारणा मूल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले बताउनु भएको छ । सापकोटाले मूल प्रवाह रोपड नगर समितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रम सहित देउसीभैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा सो धारणा राख्नुभएको हो ।

नगर सचिव विष्णु गुरुङको संचालनमा तथा नगर अध्यक्ष मनीराम सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न अतिथीहको अतिथी आशन आग्रह पश्चात ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । सोभाराम सापकोटाले स्वागत मन्तव्य दिनुभएको थियो ।

क्षेत्रीय सदस्य छबिलाल सापकोटा, शिवलाल लामीछाने र खगी थापा, जनजाति विभागका बिल बहादुर गुरूङ, रक्तिम सांस्कृतिक परिवारका मनकाजी गुरूङ, मदन थापा, रूपा कार्की, सिमा सापकोटा, ओम प्रकाश सापकोटा, दयाराम लामिछाने, महिला बिभागकी लक्ष्मी गुरूङ, मन्जू थापा लगाएतका दर्जनौ कलाकार विध्यार्थीहरू समेत कैयन जनमानसको उपस्थितिमा भैलो सानदाररुपमा सम्पन्न गरिएको नगर अध्यक्ष मनिराम सापकोटाले वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार