रोपडमा माओ दिवश सम्पन्न

रोपड, २६ डिसेम्वर । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च रोपडको आयोजनामा १२७ औ माओ दिवस सम्पन्न पारिएको छ ।

दयाराम लामिछानेको सञ्चालनमा तथा नगर अध्यक्ष मनिराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरूको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात नन्दलाल सापकोटाले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य छविलाल सापकोटा, शिवलाल लामीछाने, लक्ष्मी गुरुङ, जनजाति विभाग क्षेत्रका विल बहादुर गुरुङ, मूल प्रवाह नगरका सोभाराम सापकोटा, ओमप्रकाश सापकोटा, महिला विभागकि रुपा कार्की, रक्तिमका मदन थापा लगायतका वक्ताहरुले माओका योगदान तथा माओविचारधारा वारे स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार