लडाई कस्तो हुँनुपर्छ ?

507 जनाले पढ्नु भयो ।

क्रमशः…….
नेपालको तुलनामा भारत धेरै ठुलो छ । भुगौलिक रुपमा ३२८७२६३ बर्ग कि.मी.मा फैलिएको भारत जनसंख्याको आधारमा पनि सवा अरबको हाराहारिमा यहाँको जन संख्या छ भने भारत आर्थिक सम्पन्न देश हो । नेपाल १४७१८१ बर्ग कि.मी.अनि जनसंख्या पनि करिब तिन करोड छ । विश्वको गरिब मध्यको एउटा अर्ध सामन्ति र अर्धऔपनिबेशिक रुपमा रहँदै आएको देश पूर्व, पश्चिम र दक्षिण तिन तिरबाट भारत अनि उत्तरमा चीनको तिब्बत पर्दछ । नेपालको क्षेत्रफल साँघुरिएर विश्वको ०.०३ प्रतिशत र एसियाको०.३५ भू–भागमा मात्रै सिमटिएको छ । लम्बाईमा पूर्व पश्चिम फैलिएको छ । चेप्टाईमा पूर्वी क्षेत्रभन्दा पश्चिम क्षेत्रको चौडाई बढिछ । हामीले देशलाई धरातलको आधारमा मुख्यतः तिन भागमा बाँढन सक्छौँ । (१)तराई १७५, (२)पहाडि ६८५, (३)हिमाली क्षेत्र १५ प्रतिशत, अहिले सात प्रदेश अनि ७७ जिल्ला ७५३ स्थानिए तहमा बिभाजित भयको छ ।

साबिक ७५ जिल्लाहरु मध्य ३६ जिल्लाको सिमाना कुनै आर्को देशसँग लाग्दैन तर २४ जिल्लाहरुको सिमाना भारतसँग लाग्छ र १३ जिल्लाहरुको सिमाना चीनसँग लाग्छ भने दुईटा जिल्लाको सिमाना भारत चीन दुबै देशसँग जोडिएको छ ।

साविक चाँदनी र दोधारा दुईवटा गाविस महाकाली पारी पर्छन् । झोलाङ् चुङ–गोला, (ताप्लेजुङ्ग), किमा थाङ्का (संखुवासमा), कोदारी (सिन्दुपालचौक), रसुवागढी) पारी (हुम्ला) र टिङकर (दार्चुला) नेपाल र तिब्बतको बिच ब्यापारका लागि खोलिएका नाकाहरु हुन् । तर हामीले भारत तिरको ब्यापारमा बढि ध्यान दिँदा यि चीनतिरका नाकाहरु ओझेलमा पर्दै आएका छन् । हामी धेरै जसो १९५० को संधी पछि भारतमा कामको खोजिमा पनि आउनेजाने परमपरा नै बस्यो । अर्को पाईक पनि भारत तिर बढी पर्छ, अनि हाम्रा सन्तान पनि सुगौली संधीले जमिनसँगै आएका भारतमा छन् । यस्तै अबस्थाले भारत तिर नेपालको झुकाव बढी छ । त्यसैको फाईदा उठाएर भारतले बिस्तारै नेपाललाई आफ्नो मातहमा ल्याउन सक्रिय छ र निरन्तर जमिन साँस्कृति ब्यापारमा अतिक्रमण र दवाब दिदै आएको छ ।

तर चीनसँग सिमानामा बिवाद न भएको पनि होइन । पुरानो समयमा चीनसँग थुप्रै संधीहरु भएका छन् । १७७५मा खासा संधी, १७८९मा केरुङ्गा संधी, १७९२ मा बेत्रावती संधी, १८५६ मा थापाथली संधी, १९६१ मा सिमा संधी, १९८८ सिमा प्रोटेकल संधी, ६०को दशकमा सगरमाथा समेत बिवादमा परेको थियो । चीनले सगरमाथालाई आफ्नो क्षेत्रमा पर्छ भनेर दावा पनि गर्यो १९६१ मा तत्कखलीन प्र.म विपी कोईरालाको कार्याकालमा चीनसँग सिमा संधीभयो र यो बिवाद टुङ्गिएको थियो ।

हाम्रो देश एसियाका दुईवटा शक्तिशाली देशको माझमा भएकै कारण नोक्सान त उठाएकै छ तर पनि यी दुई देशको मेल नहुँदा सिमित फाईदा पनि छ । नोक्सान हुनु देशका कायर, दलाल मानसिकता भएका नेताहरुले गर्दा हो भने फाईदा एउटा देश खानलाई मुख खोल्यो भने आर्को घ्याँर गर्नाले भएको छ । यि दुबै देशको मिलाप भयो भने हाम्रो देशलाई बचाउने एशियामा कुनै आर्को शक्ति छैन । सेवाए राष्ट्रिय एकता र आत्मनिर्भरता र देशलाई अन्तर्राष्ट्रियकरण गर्नु बाहेक ।

हामीले उपरोक्त बिषयमा देख्नु पर्ने हुन्छ, चीन र तिब्बतसँगका बिवाद हाम्रा नेताहरुले छिट्टै उठाउँछन् तर भारतका समस्याहरु बिवादहरुलाई झ्यास्सै देख्न सक्दैनन् । परिणाम जटिल हुँदै जान्छ । यसले के देखाउँछ भने हाम्रो देशमा भारतपरस्त नेताहरु बढी छन् वा दलाल मानसिकता र लोभी नेताहरु भएकै कारण बेलाबखतमा भारतले नेपालको भुमिलाई अतिकर्मण गर्न सफल भएको छ । सुगौली संधी ४ मार्च १८१६ मा भयो त्यो भन्दा पहिले हाम्रो देश आसामको टिस्टादेखि सतलजसम्म कांगडासम्म र दक्षिणमा गंगा नदीको तटसम्म फैलिएको पाइन्छ ।

दुःख लाग्दो बिषय ता सुगौली संधी पछि खडा गरिएका सिमा सतम्बभहरुको रक्षा र ब्यबस्था हुन सकेन । पूर्व तिर मेची नदीको किनारादेखी कोशी नदीसम्म, जंगे पिल्लर १८१८ मा स्थापना गरिएको पनि शुरक्षित र संरक्षित हुन नसक्नु हो । जस्ले गर्दा कयौँ पटक सिमानका नक्सा प्रभावित भए । ताप्लेजुगंदेखी कञ्चनपुरको बहृम देबमण्डिसम्म ९१३ ओटा आधार पिलर स्थापना गरिएका थिए । भन्निन्छ ति पिलरहरुको ग्याप ५ देखि ७ माईलको बिचमा रहेको छ । सुगौली संधीले पश्चिममा महाकालीदेखी सतलुजसम्म पूर्वमा कोशीदेखी टिस्टासम्म, कोशि नदीदेखि राप्तीसम्मको तराई भुभागलाई भारतमा बिलय गरायो तर पछि भारत आजाद भएपछि भारत–नेपालको शान्ति तथा मैत्रि संधी सन १९५० मा भयो जस्को धारा आठले यो भन्दा पहिले भएका तमाम संधी सम्झौताहरुलाई खारेज गरिसके पछि पनि नेपालको त्यो गुमेको जमिन प्राप्त हुन सकेन वा नेपालका शासकहरुले लिन सकेनन् । त्यो भूमि अंझै पनि कथित रुपमा भारत अधिनस्तछ । भारतले माछो–माछो भेगुतो गराउँदा पनि नेपालमा आएका सबै सरकार तैँ चुप मैचुप रहँदै आएका छन् । खुलेआम रुपबाट कालापानी, लिपुलेख र लिम्पियाधुरा भारतीय नक्सामा गाभिएको छ । अहिलेसम्म ६० हजार भन्दा धेरै भुभागमा अतिकरमण भएको सिमा बिद्धहरुको भनाईछ ।

नेपाल एउटा भूपरीवेष्ठित राष्ट्र भएकोले समुन्द्रबाट समान आयात–निर्यात गर्न पाउने अन्तर्राष्ट्रिय अधिकार भएपनि बि.स.२०४५ मा पारगमन संधीको ठाडै उलंघन भएको थियो । ठुला र शक्तिशाली देशहरुले साना र निर्वल देशहरुलाई सकेसम्म दवाउने गरेकानै हुन्छन् । त्यसका लागि जुनसुकै अन्तर्राष्ट्रिय नियम कानून्ले उनीहरुलाई रोक्न सकेको छैन । अन्तरर्राष्ट्रिय नियम कानूनबाट आफुलाई जोगाउन उनीहरुले जानेकै हुन्छन् । बिगतमा भारतले गरेको आर्थिक नाकाबन्दी अघोषित थियो, जस्को थुप्रै प्रमाण हुँदाहुँदै पनी उसले नाकाबन्दी नगरेको भनेरै पनि जित्यो । त्यति मात्र होईन, हाम्रो देशभित्रका कतिपय राजनीतिक पार्टीहरु समेतले त्यो नाकाबन्दी थिएन भने । यसरी उनीहरुले जे पनि जति बेला पनि गर्न सक्छन् ।

यस बारे थोरै अमेरिकि साम्राज्यवादको पनि उदाहरण दिंदा असान्द्रभिक नहोला । ईतिहासमा सबै भन्दा लामो र कडा खालको नाका बन्दी अमेरिकाले क्युवामा लगाएको थियो । जो आधा सताब्दीसम्म रहेको थियो । जसलेगर्दा दुबै देशहरुलाई धेरै नराम्रो असर पुरायो, त्यो नाकाबन्दीले सबै भन्दा दुःख गरिब बर्गलाई पुरायो । सन १९९० को वूर्वाद्धमा फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवाको बाटिष्टा सरकारको सशस्त्र शंघर्ष सुरुभए पछि अमेरिकाले क्युवामा बिरुद्ध हातहथियार माथि नाका बन्दि लगाएको थियो । जनवरी १ सन १९९१५ क्युवामा फिदेल क्याष्ट्रोको नितृत्वमा सरकार गठन भयो तर अमेरिकासँगको सम्बन्ध सुध्रिनुको सट्टा झन बिग्रिदै गयो । त्यसपछि अमेरिकाले क्याष्ट्रोको सरकार ढाल्ने प्रयत्न गर्यो ।

अमेरिकाले हात हथियार माथि नाकाबन्दी लगाएका कारण सन १९६० देखि क्युवाले तत्कालिन सोभियत संघबाट हात हथियार खरिद गर्न थाल्यो । अमेरिकाले भियतनाम माथि लगाएको करिब बिस बर्षसम्म नाका बन्दि पछि भियतनामी युद्धमा ला–पत्ता भएका दुई हजार दुई सए सैनिकलाई खोज्न सहयोग गर्ने सर्तमा ३ जनवरी सन १९९४मा बिल किलिन्टन रास्ट्रपति छँदा हटाए । उनले एकजना सैनिको १७ लाख डालर दिने पनि घोषणा गरेका थिए ।

१९८९ मा तियनमेन स्क्वाषर प्रदर्शनमा चीनले दमन गरेको भन्दै युरोपियन युनियनले चीनमाथि हथियार ओसार पसारमा रोक लगाएको थियो । अमेरिकाले ईरान माथि सन १९७९ देखि बिभिन्न प्रकारका नाकाबन्दी लगाउँदै आयो । परमाणु बम बनाउन लागेको आरोपमा २०१३ बाट पुन युद्धनै सुरु गर्यो । उत्तर कोरियामा सन १९५० देखि बिभिन्न बहानामा कुवेत माथि ईराकले गरेको आक्रमण र मानव अधिकार उलंघन गरेको भन्दै २००२ देखि सुडान बिरुद्ध बिभिन्नखाले नाका बन्दि लगाउँदै आएको छ । सिरियामा पनि अमेरिकाले सन १९८६ देखि प्रतिबन्ध लगाएको थियो । पछि प्रजातन्त्रमा सुधार आएको भन्दै पछि २०१२ मा नाकाबन्दिमा केहि खोकुलो गर्यो । म्यान मारमा पनि सन १९९७ देखि नाकाबन्दी लगाएको थियो । सन २००१ देखि गाजापट्टीमा नाकाबन्दी लगायो र पछि २००७ मा झन कडा गरेको थियो । अष्टे«लिया पनि ईण्डोनोसियामा निकै दर्दनाक पशुबधको प्रचलन रहेको भन्दै जिउँदा पशुहरु निर्यातमा रोक लगायो । सन २०१४ मा रुसले युरोपका बिभिन्न मुलुकहरुमा अष्ट्रेलिया, क्यानेडा र नार्वेमा गाई तथा सुंगुरको मासुको तस्करी फलफुल, कुखुरा, माछा आदिमा रोक लगायो । भारतले प्रमाणु सम्बन्धी पाकिस्तान माथि बेलायत लगायतका मुलुकहरुले १० जुलाई १९९८ देखि परमाणु सम्बन्धी सामाग्रि आयतमा नाकाबन्दीको लगायो । सन २००२ बाट बेलायतले पाकिस्तान माथि प्रमाणु सम्बन्धी नाका बन्दीको घोषणा गर्यो । २००२ बाट रुसले जर्जिया माथि कृषि जन्य बस्तु मदिरा र मिनरल वाटर माथि रोक लगायो र २०१३ मा हटायो ।

यसरी आफ्नो शक्तिको दुरुपयोग गर्दै शक्तिशालि देशहरुले निर्वल र कम्जोर देशहरु माथि जबरजस्ती आर्थिक लगायत बिभिन्न खाले नाकाबन्दी लगाउँदै आएका छन् । संसार भरिका साम्राज्यावदी तथा विस्तारवादी शक्तिहरुको यो ब्यबहार छिमेकि स–साना राष्ट्रहरुमाथि खुल्लम खुल्ला गर्दै आएको लामू ईतिहास भेट्टिन्छ । अमेरिकाले प्रमाणुको बहानामा ईराक माथि गरेको हमला सद्धाम हुसेन र उनका आसेपासे सबैलाई गरेको हत्या, पाकिस्तानमा घुसेर बिनलादेनलाई मारेको यस्ता कयौँ अनगिन्ति उदाहरणहरु भेट्टिन्छन् । जसलाई यहाँ उल्लेख गरेर साध्य पनि छैन ।

भोलि हाम्रो देशलाई छिमेकिले कुनै पनि आरोप लगाएर आक्रमण नगर्ला भन्ने के ग्यारन्टी ? जसले आज ठाउ–ठाउमा अतिक्रमण गर्दैछ । अर्काको भु–भागलाई आफ्नो नकस्सामा सामिल गर्न पछि पर्दैन । यस्तो अबस्था देखेर पनि आफ्नो देशलाई आफ्नै खुट्टाले उभ्याउन प्रयास नगर्नु भनेको निन्दनीयक कार्य हो । कुनै पनि देशसँग झुकेर होइन आत्मनिर्भर बनेर देशलाई सुदृढ र अखण्ड बनाउँन सक्किन्छ ।
समाप्त
२० नोभेम्बर २०१९,

Leave a Reply

Your email address will not be published. Required fields are marked *