लडाई कस्तो हुँनुपर्छ ?

  •   
  •  
  •  
  •  
  •  
  •  

1118 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

संघर्ष गर्नै पर्छ, लड्न नसक्ने वा लड्न नखोज्नेलाई मान्छेले वास्तबमा कायर भन्ने गर्छन् । लडाई मुख्यतः दुई प्रकारका हुन्छन्– एउटा कलमको र आर्को हतियारको दुबै प्रकारको लडाईका अन्तिम परिणाम पनि मुख्यतः दुईप्रकार कै हुन्छन्, एउटा हार आर्को जित । अब भनौं हामीले लड्न खोजेको लडाई जितका लागि हो वा हारका लागि ? यदि जितका लागि हो भने बिवेकशिल हुनुपर्छ । यो जगतका सबै भन्दा चेतनशिल प्राणि भनेकै मान्छे हौँ। किन कि मान्छेमा अरु प्राणिहरु भन्दा भिन्न प्रकारको विबेकशिल चेतनशिल र सुवेकशिलता हुन्छ । मानिसमा धेरै ज्ञान बिज्ञान हासिल गर्न सक्ने क्षामता पनि छ । संसारका मानिसहरुले धेरै ज्ञान हासिल गरिसकेका छन् । त्यस कारणले हामीले पनि थोरै बिवेक प्रयोग गरौँ। हामीले २००बर्ष पुरानो हाम्रा पुर्वजहरुबाट लिने भनेको आज मात्र प्रेणा हो । उनीहरुले देखाएको मार्ग दर्शनले हामीलाई एकप्रकारको आत्मबिस्वाश पैदा गर्छ तर त्यो बेलाको लडाईमा प्रयोग गर्ने हंसिया, बञ्चरो, खुकुरी आदिले मात्रै आजको लडाईमा बिजया हासिल गर्न असम्भव छ । त्यसो भए हामीले आज कुन हतियार प्रयोग गरेर लडाई जित्न सकिन्छ ? यो नै आजको मुख्य प्रश्न हो । एक पटको ठक्करबाट शिक्षा लिन नसक्दा हाम्रो देश आत्मनिर्भर हुन सकेको छैन । वास्तबमा हामीलाई ठेँश लागेको दुखःन छाडेपछि त्यो बाटो हिँड्दा हामी ठोकिएको ढुंगालाई बिर्सन्छौ, परिणाम फेरी त्यहि ढुंगामा ठोक्किन पुग्छौँ। यो नै ऐतिहासिक रुपमा देखापरेको तितो सत्य हो ।

अर्को बिषय हामीले आँखा चिम्लेर अन्तर्राष्ट्रिय नियम संधी सम्झौता आदि ईत्यादिमा विश्वाश गरेका हुन्छौँ । किन की हामी सदियौँदेखि ईमान्दार रहँदै आयो र अरुलाई पनि हामीले आफु जस्तै ईमान्दार सम्झिने भुल गर्दछौँ । तर पटक–पटक गरिएको यही गलतिको सजाए पनि हामी आफैले समय समयमा बेहोर्दै आएको दिनको घामझैँ छर्लड्डैछयति हुँदाहुँदै अंझै पनि आफ्नो देशलाई आत्म निर्भर गराउँने तिर हाम्रो ध्यान जान सकेको छैन मात्र लड्ने भिड्ने कुराहरु छन् । हामी वास्तबमा बहादुर छौँ बिर छौँ लड्न सक्छौँ अनि मर्न सक्छौँ, के हामी मरेर यो देश जोगिन्छ ? हामीले लडाई जित्छौँ हामी मर्नकै लागि लड्ने हो वा बाँच्नका लागि ? यि यावत प्रश्न हाम्रा अगाडी ठिंग उभिएका छन् ।

छिमेकीद्वारा २०२७ सालमा कोदारी मार्ग सुरुगर्दा नाकाबन्दी भयो बिस्यौँ, २०४५मा पनि करिब १३ मैना सम्म आर्थिक नाकाबन्दी झेल्यौँ जनताले दुखःपायौँ ब्यापार संधी र पारगमन संधीलाई एउटैतुलोबाट जोखेर अन्तर्राष्ट्रिय नियम मिच्यो, त्यो पनि बिर्शियौँ, २०७३ सालमा अघोषित रुपमा छिमेकिबाट आर्थिक नाका बन्दी गरियो त्यो पनि बिर्सियौँ। हामी धेरै प्रोपकारी महान अनि बफादार भएरै होला पटक–पटकका प्राताडनालाई सहर्ष स्वीकार गर्दै क्षणमै भुल्दछौँ । हामीले यस्ता घटनाहरुबाट शिक्षा लिनै सकेनौं । यस्ता बेला बखतका घटनाहरुबाट शिक्षा लिएर आफ्नो देशलाई आत्यनिर्भर बनाएको भए हाम्रो लडाईको प्रकृतिनै भिन्दै हुँन्थ्यो । बरु उत्तरतिर लम्किन खोज्छौँ हामी आफ्नै खुट्टाले उम्भिनै खोज्दैनौँ किन ? भारतसँग बिवाद भयो भनि चीनसँग साईनो लगाउँन पुग्छौँ चीनसँग बिवाद भयो भनी भारत तिर फर्किन्छौँ तर आत्मनिर्भरको बाटो खोज्दै खोज्दैनौँ।

केहि दिनबाट कालापानी–लिपुलेख र लिम्पियाधुरालाई लिएर भारतसँग बिवाद चर्केको छ । पुरादेश आक्रोशित छ, सरकार पक्षका नेताहरु आफ्नो कुर्चि जोगाउँन तल्लिन छन् । नेपाल भारतको सिमानको बिवाद धेरै पहिलेदेखिको हो तर अहिले यो रोष भारतीय नक्सामा कालापानीको भूभाग सामिल गरेपछि झन ब्यापक बनेको छ । जनताले आफ्नो जमिन अतिकर्मणको बिरोध गर्नु स्वभाबिक नै हो तर सरकारको जिम्मेवारी के होत ? उसले कालापानीमा आफ्नो सैनिक व्यारेक राख्न किन सकेन ? के नेपालको रक्षा भारत र चीनले गर्छन् ? अवश्य नै गर्दैनन् भनि आफ्नो सेनालाई त्यहाँ तैनात गर्नु पर्छकि पर्दैन यो सानो बालकले पनि बुझ्ने कुरा हो । यो चालाले देश सखाफ हुँन कत्ति बेर लाग्ने छैन ।

सन १९९६ मा महाकाली संधी भएको थियो त्यो बेलाको बिवादमा परराष्ट्र मन्त्रि प्रकाशचन्द्र लोहानीले १० सेप्टेम्बर १९९६ (२५ भाद्र २०५३ साल) मा तत्कालिन भारतीय राजदुत (राजन) लाई पत्रचार गरेका थिए सो पत्रको उत्तरमा राजनले उसैदिन डा. लोहानीलाई जवाफ पठाएका थिए । उक्त पत्रको पाचौँ र छैठौँ बुँदामा नेपाल र भारतको सिमाको सन्दर्भमा कुरागर्दा सबै राजनीतिक पार्टीहरुलाई दुई पक्षमा सँयुक्त खडागरिएको जानकारी गराउँदै सिमाका सन्दर्भमा संतोषजनक काम भैरहेको जनाएका थिए । काम कार्यातालिकानुसार हुँने अपेक्षा गर्दै सबै निर्णयहरु आपसि समज्दारी र मित्रताको तवरबाट अँघि बढाउँने जानकारी गराएका थिए । उनले सयुँक्त सर्वेका आधारमा दुबै देशमा परेका भुभागलाई खालि गरिने समेत जनाएका थिए । उनले नेपालसँगको मित्रतावत सम्बन्ध अँघिबढाउन र बराबरीको सम्झदारीमा अघि बढ्ने र नेपालको चासोलाई पुर्णरुपमा बिचार गरिने समेत सो पत्रमा उल्लेख गरिएको छ ।

महाकाली संधी नेपालका तर्फबाट प्रकाशचन्द्र लोहानी तत्कालिन पर राष्ट्रमन्त्रि भारतका तर्फबाट प्रणब मुखर्जीले हस्ताक्षर गरेका थिए । पछि प्रधानमन्त्रि स्तरमा पनि उक्त संधीमा प्रधानमन्त्रि शेरबहादुर देउपा र भारतका तत्कालिन प्रधान मन्त्रि पिवि नरसिंहम रावले हस्ताक्षेर गरे । किन दुईपटक हस्ताक्षर गरियो भनि सोध्दा तत्कालिन सरकारले अन्तर्राष्ट्रिय प्रचलननुसार अंग्रेजी भाषामा पनि गरेको बताएका थिए ।
आफ्नै देशका नेताहरु समेतले देशका जनतासँग छल गर्ने ब्यबहारले स्वयम उनैबाट पनि देश अशुरक्षित त छैन ? जनतामा सन्त्रास पैदा भएको छ । महाकाली संधीबाट खसि दिएर फर्शी भित्राईका केपी ओली जीहरुबाट के आशा गर्न सकिन्छ ?
सहजै प्रष्टछ ।
क्रमशः…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *