वर्तमान परिस्थितिमा नेपाल भारत सम्बन्ध

  •   
  •  
  •  
  •  
  •  
  •  

155 जनाले पढ्नु भयो ।

  • प्रकाश  भण्डारी 

नेपाल भारत सम्बन्ध बिभिन्न उतारचढाव बीच सदियौ देखि चलिआएको छ। नेपाल भारत सम्बन्धलाई बुझ्न, यस सम्बन्धका विभिन्न चार  पहेलुहरुलाई हेर्न जरूरी छ। ति पहेलुहरु हुन्, ऐतिहासिक सम्बन्ध, राजनीतिक सम्बन्ध, आर्थिक सम्बन्ध , र सामाजिक-संस्कृतिक सम्बन्ध।

ऐतिहासिक सम्बन्ध 

नेपाल एसियाका देश मध्यको पुरानो देश मानिन्छ। नेपालकै नाममा यसको स्वतन्त्र अस्तित्व अढाई हजार वर्ष पहिलेदेखि नै रहेको देखिन्छ।  महाभारत, स्कन्द, गरुड, बराह पुराण आदिमा पनि नेपालको उल्लेख पाइन्छ। प्राचीन कालदेखि नेपालको भारत र चीनसित  राजनीतिक सम्बन्ध र कारोवार रहदै आएको इतिहास का तथ्यहरुले बाताउँछन्त्य।  नेपालले आफ्नो स्वतन्त्र अस्थित्वका लागी  अनवरत संघर्ष गरेको  देखिन्छ। सबेलाको विश्वशक्ति नम्बर १ व्रिटिश साम्राज्यसित नेपालले १८१४–१५ मा युद्ध लडेको र शान्ति संम्झौता गरेको थियो। त्यसबेला एसियाको नम्बर १ शक्ति चीनसित १८५६मा युद्ध लडेको र शान्ति संम्झौता गरेको थियो। आफ्ना छिमेकी हरुसंग सम्बन्ध बढाउन नेपालले सन् १८५६ मा ल्हासामा दुतावास(लीगेशन) स्थापना र १९३४ मा लण्डनका दुतावास स्थापना गरेको थियो। एसियावाट वेलायतमा भ्रमण गर्ने स्वतन्त्र देशको पहिलो प्रधानमन्त्री जंगबहादुर राणा थिए। उनले नेपालको प्रतिनिधिको रुपमा १८५० मा बेलायत र फ्रान्सको भ्रमण गरेका थिए। बिशेषत् गोर्खा फौजको नेपाल एकीकरण पछि नेपालले बाहिरी संसार सँग सिमित सम्बन्ध राख्ने नीति लियो, र लगत्तै राणाकालमा बिशेषत जङ्गबहादुर राणाले उत्तरी छिमेकि सँग आर्त्थिक संगै अन्य सम्बन्ध कम गर्दै भारतमा साशन गरेको ब्रिटिश राज राजको एकतर्फी गुलामी गर्ने नीति लियो र नेपाल आर्थिक संगै अन्य गतिबिधि का लागि भारत सँग मात्रै निर्भर रहने बातावरण बन्यो र त्यो स्थितिले अहिले सम्म पनि निरन्तरता पाइरहेको छ।

राजनीतिक सम्बन्ध 

आधुनिक नेपाल-भारत सम्बन्धलाई परिभाषित गर्ने सन् १९५०को शान्ती तथा मैत्री सन्धी हो।  उक्त सन्धि  सन् १९४७ मा ब्रिटिस शासनबाट भारत स्वतन्त्र भएपछि नेपालसितको सम्वन्धलाई नयाँ आधार तयार गरी निर्देशित गर्न तयार गरेको छाता सन्धि हो। मुलत तत्कालिन दुई ध्रुवीय विश्वको शीत युद्धकाल कम्युनिष्ट चीनविरुद्ध सामरिक मामलामा सहयोग र नीतिगत समन्वय गर्न तयार गरिएको हो। नेपालमा भारतीयहरुलाई व्यापार व्यवसायमा भित्र्याउन र भारतिय एकाधिकार बजार सुदृढ गर्ने मनसायबाट प्रेरित छ। जनआन्दोलनको लहरबाट आफ्नो ढल्न लागेको सत्ता लम्बिएला कि भनी तत्कालिन राणा प्रधानमन्त्री मोहन शम्सेरले भारतीय दवावमा हस्ताक्षर गरेका थिए। नेपालमा लगातारको भारतको हस्थक्षेप तथा चलखेल उक्त वातावरण अहिले सम्म पनि कायम नै छ। नेपालका राजनीतिक आन्दोलन तथा परिवर्तनमा भारतको भूमिका वा आघ्रह प्रस्ट रुममा नै झल्केको स्थिति छ। भू चाहे त्यो राणा साशनको बिरुद्धको आन्दोलन होस् वा  राजतन्त्रको अन्त्यको आन्दोलन, भारतको भूमिका वा स्वार्थ मुखरित नै छ।नेपालमा रहेका विभिन्न राजनीतिक  दल, संघसंस्था तथा व्यक्तिको प्रयोग भारतले आफ्नो स्वार्थ पूर्ति का लागी प्रत्यक्ष वा अप्रत्यक्ष गर्दै आइरहेको पनि जगजाहेर नै छ। एउटा उदाहरणको रुपमा भारतबाट नेपालको संविधान जारी भएकोमा केवल सो कुरा “नोट” गरी त्यसमा आफूले चाहेको कुरा नपरेकोमा असन्तोष व्यक्त गर्न र संशोधनहरुमार्फत भारतको चासो सम्बोधन गराउनका लागि दबाब दिन नेपाल विभिन्न तबरले दवाब मात्रै दिएन  नाकाबन्दी लगाएको घटना अझ ताजै छ।

आर्थिक सम्बन्ध 

नेपालको व्यापारिक नाका तथा ‘हब’ का रुपमा नेपालको पहिचान ऐतिहासिक काल देखिनै – व्यापार तथा आर्थिक क्रियाकलावमा नेपालको महत्वपुर्ण स्थान रहेको पाउछौ। उदाहरणको रुपमा नेपाली मुद्रा तिब्बतमा बोलवाला रहेको तथ्य समेत हामीले पढ्न पाउछौ। नेपालको लिच्चीबी  तथा मल्ल कालमा नेपालको जुन भैभव थियो, त्यसको मुख्य आधार नै त्यहि आर्थिक तथा व्यापारिक क्रियाकलब थिए।  तर  बिशेषत् गोर्खा फौजको नेपाल एकीकरण पछि नेपालले बाहिरी संसार सँग सिमित सम्बन्ध राख्ने नीति लियो, र लगत्तै राणाकालमा  तिब्बत सँग आर्त्थिक संगै अन्य सम्बन्ध कम गर्दै भारतमा साशन गरेको ब्रिटिश राज राजको एकतर्फी सम्बन्ध राख्ने  नीति लियो र नेपाल आर्थिक संगै अन्य गतिबिधि का लागि भारत सँग मात्रै निर्भर रहने बातावरण बन्यो। त्यो वातावरणलाइ ब्रिटिशले भारत छोडेर गए पछि पनि वर्तमान भारतले निरन्तरता दियो, सन् १९५० को सन्धि ले झन् संस्थागात गर्यो नेपाल व्यापार, लगानी, तथा अन्य आर्थिक गतिबिधिका लागि एकतर्फी रुपमा भारतमा नर्भर रहनु पर्यो।  अर्कोतिर नेपाल भुपरिबेस्थित देश भएकाले सहज र छोटो दुरीमा अन्तरास्ट्रिय व्यापारका लागि भारतमै निर्भर रहने स्थितिले समेत त्यो बातावरण बलियो बन्दै गएको हो । हालको आवस्था- भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो र विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत हो, साथै नेपालको लगभग तेस्रो देश व्यापारका लागि ट्रान्जिट प्रदान गर्दछ। व्यापार घाँटा २०१७ –२०१८ मा नेपालको भारतसंगको कुल व्यापार करिब $ ८ .२ बिलियन अमेरिकी डलर थियो; यस मध्य नेपालको निर्यात करिब $४४६.५ मिलियन अमेरिकी डलर थियो; र भारतबाट आयात करिब ७.७ बिलियन अमेरिकी डलर थियो।

सामाजिक-संस्कृतिक सम्बन्ध 

सामाजिक–सांस्कृतिक दृष्टिले घनिष्ठ मानिने नेपाल–भारत परम्परागत सम्बन्ध समान धर्म, संस्कृति तथा खानपानका  विकास भएको मानिन्छ। त्यस्तै खुला खुला सिमा तथा ठुलो सङ्ख्या मा जनताको काम गर्ने, व्यापार गर्ने , पढ्ने पढाउने एकअर्को देशमा निर्भर, बिहे- वारी आदिले पनि प्राचिन समय देखिनै नेपाल भारत सम्बन्धलाई सामाजिक-संस्कृतिक पहिचान दिएको छ।

नेपाल भारत सीमा समस्या

सीमा विवादजस्तो जटिल विषयमा कूटनीतिक संवादभन्दा सार्वजनिक वाद–प्रतिवाद भइरहनुले काठमाडौं–नयाँ दिल्लीबीच सम्बन्ध थप चिसिएर चिसिएको छ।

नेपाल र भारतबीच १ हजार ८८० किलोमीटर लामो सीमा रेखा छ।सीमाविद् श्रेष्ठ का अनुसार  नारायणीको कटानमा परेको नवलपरासीको सुस्ता क्षेत्रमा १४ हजार ५०० हेक्टर र दार्चुलामा ३७ हजार हेक्टर नेपाली भूमि भारतले अतिक्रमण गरेको।

पछिल्लो सिमा विवाद भारतले नोभेम्बर २,  2019 मा ‘भारतको राजनीतिक नक्शा’ प्रकाशित गरेपछि सुरु भएको  हो  जसले नेपालको उत्तर-पश्चिमी सिमानामा अतिक्रमणको चित्रण गर्‍यो। नक्शामा, नेपालको लिपुलेक-कलापानी-लिम्पीयाधुरा क्षेत्र भारतको सीमा भित्रै छ। मे  8, २०२०२ मा भारतले कैलाश मानसरोवर सडकको ‘उद्घाटन’ गर्‍यो –भारतको धरचुलाबाट नेपाल-चीन सीमा बिन्दु लिपुलेक पास हुँदै जान्छ। कालापानी र सुस्ता क्षेत्रबारे १३ वर्षअघि (2007 मा )नेपाल र भारतका अधिकारी यसलाई ‘आउटस्ट्यान्डिङ’ अर्थात् ‘नटुङ्गिएको मुद्दा’का रूपमा थाती राख्न सहमत भएका थिए तर भारतले उक्त सहमति विपरित यी कदम चलेकाले अहिलेको विवाद सृजना भएको हो।

भारतको उक्त कदमलाई नेपालले एकपक्षीय भन्दै कूटनीतिक विरोधपत्र समेत दियो भने भारतले त्यो क्षेत्र आफ्नै भूमि भएको दाबी गरिरहेको छ।  यसैबीच नेपालले कालापानी पनि , लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा सार्वाजनिक गरेपछि विवाद थप बढेको देखिन्छ। दुवै देशले सीमा विवाद समाधान गर्न बनाइएको परारष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत् विवाद टुङ्गिने आशा व्यक्त गरेका छन्।  तर उक्त संयन्त्रको बैठक कहिले बस्ने हो भन्ने टुङ्गो नभएको अधिकारीहरू बताउँछन्।

जनस्तरमा समस्या 

निकट छिमेकी दुई मुलुकबीच सम्बन्ध चिसिएका कारण सीमावर्ती क्षेत्रमा बस्ने आमजनतालाई मार परेको छ । नेपालीहरू भारतविरोधी धारणाको एउटा प्रमुख कारक भनेको आजसम्म पनि सुल्झाउन नखोजिएको या नसकिएको सीमा विवाद हो।   दुवै देशको सीमा नाकामा अहिले केही कडाइ गरिएको छ । सुरक्षाकर्मीको व्यवहारमा परिवर्तन आएको छ । दुई देशको बीचमा अहिले जुन सम्बन्ध छ, त्यही अनुसार सुरक्षाकर्मीले व्यवहार गरिरहेको उनको भनाइ छ ।

सीमा विवाद बढेदेखि भारतीय सुरक्षाकर्मीको व्यवहारमा परिवर्तन आएको अनुभव रुपन्देहीका स्थानीयको छ।

परिवर्तित क्षेत्रीय राजनीति, भारत नेपाल सम्बन्ध

चीनको बढ्दो राजनीतिक तथा आर्थिक प्रभाव: उदाउँदो शक्तिराष्ट्र चीनको  शक्तिको प्रभाव भारतले अन्य क्षेत्रहरु महसुस गर्दै छ। चीन सँगको बढ्दो व्यापार घाँटा, भारतले आफ्नो प्रभाव क्षेत्र मान्ने दक्षिण यसिया तथा इण्डियन महासागरमा चीनको बढ्दो उपस्थिति तथा प्रभाव, चीन र पाकिस्तानको बढ्दो सम्बन्धका कारण भारतले महसुस गर्ने दबाब आदी प्रमुख हुन्।

चीन भारत सिमा  टकराब- चीन सँग भारत तथा अमेरिका दुबैको टकराव सतहमा देखिएको छ। महिनौ लामो सीमा विवाद तथा हिंसात्मक झडपका कारण नेपालका दुई चिमेको देशबीच आजभोली सम्बन्ध सामान्य छैन।बिगत केहि महिनादेखी भारत र चीन का बिच हिमालय क्षेत्रको सीमामा टकराब जारी छ। भारतको बढ्ता चासो चीन विभिन्न मुद्धा हरुमा झल्किन्छ।चाहे त्यो ‘बेल्ट एंड रोड’ होस् वा दक्षिणी चीन सागर को सवाल होस् अथवा चीनको दवदवा रहेको वैश्विक सप्प्लाई चैन’ को कुरा होस्,र भारतको चासो अथवा विरोध अरु भन्दा मुखरित छ।

चीन सँगको टकरावमा भारत र अमेरिकाले  औपचारिक सैन्य गठबन्धन न बनाए पनि दुबैका स्वार्थहरू मिल्ने चीन बिरोधी मुद्दाहरुमा  सहकार्य  गरेर जाने सम्भावना धेरै देखिन्छ। यो पछिल्लो रक्षा सम्झौता (BECA), त्यस्तै सहकार्यको पछिल्लो कडी हो।

यसरी नेपालको पररास्ट्र सम्बन्धमा धेरै महत्व राख्ने ठुला तथा शक्तिशाली राष्ट्रहरु प्रस्ट दुई खेमा बाँडिएको आवस्थामा  ठुला शक्ती राष्ट्रहरु सँगको सन्तुलित सम्बन्ध व्यबस्थापनमा नेपालले कठिनाई  महसुस गरिरहेको छ र भविष्यमा झनै त्यो बढ्दै जाने देखिन्छ।

नेपाल उत्तरी छिमेकि चीन सँग ‘बेल्ट एंड रोड’, व्यापार तथा पारवहन सम्झौता, तथा अन्य राजनीतिक, आर्थिक, व्यापारिक हिसाबले जोडिएको आवस्थामा चीन र भारतसँगको सम-दुरीको सन्तुलित सम्बन्ध लाइ निरन्तरता दिन जटिलताहरुको सामना गर्नु परिरहेको छ, र यस्ता जटिलताहरु आउँदा दिनहरुमा अझ सतहमा प्रस्टरुपमा  देखिने छन्।

भारतको असंलग्न पररास्ट्र निति प्रतिको घट्दै गरेको मोह नेपालका लागी चासोको बिषय हो। शित -युद्ध काल अथवा नेहेरुको पालादेखी असंलग्न पररास्ट्र नित भारतको पररास्ट्र नीतिको प्रमुख खम्बा रहदै आइरहेको छ। भारत असंलग्न पररास्ट्र नितिको नेता समेत हो। तर केहि समय यता भारतमा त्यस निति प्रति मोह घट्दै गइरहेको देख्न सकिन्छ। भारतका वर्तमान विदेश मन्त्री यस जयशंकर को बुझाइमा भारत असंलग्न पररास्ट्र नितिको जग आदर्शबादी भएको र अहिलेको परिवर्तित विश्वोमा यथार्थमा आधारित व्यावहारिक नीतिको खाँचो भारतलाई छ र साझा स्वार्थमा आधारित रहेर भारत अब अन्य देशहरुसंग सहकार्य गर्न हिच्किचाउन न हुने उनको बुझाई छ। त्यसो  त  परिवर्तित क्षेत्रिय राजनीतिमा भारत एउटा शक्ती राष्ट्र भएको र चीन लगाएतका प्रतिस्पर्धीका बिरुद्ध प्रतिस्पर्धा गर्न पश्चिमा बिशेषत अमेरिका सँग सहकार्य गर्नु पर्ने धारणा भारतीय रणनैतिक बहसमा दारो रुपमा स्थापित हुदै छ।

यस परस्थितिमा भारत तथा चीन  संगै  सितयुद्ध काल देखिनै असंलग्न पररास्ट्र निति अपनाउदै आइरहेको नेपाललाई अहिलेको बदलिदो परस्थितिमा त्यस नीतिमा खरो उत्रन चुनौती हरु देखा पर्दै छ।

नेपालको आन्तरिक राजनीतिमा समेत बाछिटा देख्न सकिन्छ। विभिन्न आन्तरिक मुद्धाहरुमा समेत विभिन्न शक्ति- रास्ट्रहरुका स्वार्थहरू बाझिने र त्यसको प्रभाव स्वरूप घरेलु बिषयहरुमा समेत नेपाल भित्र कित्ताकाट हुने आवस्था बन्दै छ। बिशेषत MCC, बि. आर. आइ, ‘ईण्डो-प्यासिफिक रणनीति’ लगाएतका मुद्धामा हाम्रो देशको स्वार्थ अथवा आवश्यकता भन्दा पनि विदेशी शक्तिकेन्द्रका स्वार्थ मुखरित हुने र घरेलु शक्तिहरु त्यहि स्वार्थ अनुरुप बिभाजन हुने देखिएको छ। यसको प्रत्यक्ष असर नेपालको आन्तरिक राजनीति, अर्थतन्त्र तथा समग्र बिकाशमा पर्ने देखिन्छ। घरेलु शक्तिकेन्द्र बिच विभाजन आई देशमा राजनीतिक अस्थिरता पैदा हुने , अर्थतन्त्र  अस्थिर भई कमजोर हुने सम्भावना देखिन्छ।

नेपाल भारत सम्बन्धको नेपालमा उठेका बहस हरु

नेपाल–भारत सम्बन्धको प्रमुख आधार सार्वभौमिकताको समान सिद्धान्त न कि ‘विशेष सम्बन्ध’:

– नेपाल–भारत जनस्तरको धार्मिक, सामाजिक, सांस्कृतिक सम्बन्ध, सन् १९५० को सन्धि र खुला सिमाना, नेपालीको भारतीय फौजमा भर्ना आदि उल्लेख गर्दै भारतले ‘विशेष सम्बन्ध’ मा जोड दिँदै आएको छ । तर विशेष सम्बन्धका नाममा कहिले नेपालको सार्वभौमिकता कुण्ठित भएको छ भने, कहिले राष्ट्रिय स्वार्थ संकुचित भएको छ नेपालीहरुको बुझाई छ। त्यसैले परम्परागत विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउन अनि स्वाभिमानपूर्ण र पारस्परिक समान लाभमा रूपान्तरण गर्न सार्वभौमिकताको समान सिद्धान्तअनुरूप पुनर्परिभाषित गर्नुपर्ने नेपालको भनाइ रहँदै आएको छ ।  परम्परागत सम्बन्ध पुनरावलोकन गरी एक्काइसौं शताब्दीअनुकूल पुनर्परिभाषित गर्नुपर्ने बहसले अर्थपूर्ण स्थान पाएको छ नेपाल–भारत सम्बन्धको अन्तर्विरोधपूर्ण प्रश्न यही हो।

भारतको हेपाहा प्रवृति तथा नीति बिरोधि बहस  :

सामरिक रुपमा चीनको भुमिका नेपालमा सिमित गर्ने, हिमालयको दक्षिण आफ्नो प्रभाव र प्रभुत्वअन्तर्गत रहनु पर्ने नेहरु डक्ट्रिनलाई निरन्तरता दिनु पर्ने, नेपालको जलश्रोतमा गिद्धे दृस्टी  व्यापार र आर्थिक क्षेत्रमा भारत भारतीयले प्राथमिकता र एकाधिकार पाउनु पर्ने, आजको बहुध्रुवीय विश्वमा समेत नेपाललाई भारतकै पकड या अर्बिट भित्र राखिराख्ने भारतको मूल नीति देखिन्छ।भारत स्वतन्त्र भइसकेपछि भारतले ठुला शक्ति राष्ट्रहरुबाट हुने हैकम र हस्तक्षेपको विरोध गरी असंलग्न अभियानमा लागेपनि छरछिमेकमा भने उसले हैकम र हस्तक्षेप गर्ने पुरानै नीति लिएकाले सानो देशको स्वाभिमान र स्वतन्त्र रहने चाहनासित अन्तरविरोध बढ्दै गयो।

जनताको बढ्दो चेतना स्तर 

२००७ सालको क्रान्तिपछि नेपालमा जनचेतनाको अपूर्व लहर देखियो। जनता रैतिबाट नागरिक भए। क्रान्तिको दौरानमा देश र जनताको प्राणाहुतीको नयाँ परम्परा प्रारम्भ भई जनपक्षीय राष्ट्रवादको नयाँ अध्याय प्रारम्भ भयो। जनतामा स्वतन्त्र देशका स्वतन्त्र जनता भन्ने भावना जागृत भयो।  सानो देशको स्वाभिमान र स्वतन्त्र रहने चाहनासित अन्तरविरोध बढ्दै गयो। एकातिर ढल्कनु पर्ने १९५० को भारतसितको सम्वन्धलाई व्यवहारमा सच्याउँदै सोझो उभिने प्रयास नेपालमा  अहिले बहसको बिषय बनेको छ , जुन सकारात्मक कुरा हो। नेपालका कमुनिस्ट आन्दोलनले राष्ट्रियता, भारत तथा अन्य बिदेशी शक्तिको थिचिमिचो बिरुद्ध लगातार जनचेतना जगाउन भूमिका  खेलेको कुरा पनि यस बहसमा अर्थपूर्ण छ।

नेपाल भारत सम्बन्धका आजका मुद्धाहरु  

  1. – आसमान सन्धि-सम्झौता हरुको खारेजी र समान अस्तित्व निर्माणको प्रस्न

  2. – भारतको लगातारको राजनीतिक हस्थक्षेप तथा चलखेल आदिको बिरुद्धको मुद्धा – राष्ट्रिय एकता,

  3. – नेपालको भारत संगको बढ्दो व्यापार घाँटा लाई कसरी कम गर्ने

  4. भारतमा काम गर्ने, पढ्ने लाखौ नेपाली हरुले अधिकार, आत्मसम्मान तथा सुरक्षाको प्रश्न

  5. भारतको नेपालसीमामा लगातारको  हस्तक्षेप, नेपालको नेपालको भौगोलिक अखण्डताको सम्रक्षणको प्रश्न

(नोवेम्बर ८, २०२० का दिन अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा प्रस्तुत अधार पत्र ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *