हिसारमा धमाधम संगठन विस्तार

हिसार, ५ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत बैंक कलोनीमा नेपाली मजदूरहरुको विचमा टोल भेला सम्पन्न गरिएको छ ।

जुना खनालको सक्रिय पहल तथा क्षेत्रीय सदस्य आत्माराम न्यौंपाने, क्षेत्रीय सल्लाहकार एवं नगर सचिव तारा सोमरे, महिला क्षेत्रीय सदस्य निरु सारु, डोलमाया विक, जनजाति विभागका नगर संयोजक केहरसिंह घर्तीमगर, एरिया सदस्य ओमप्रकाश खनाल र महिला नगर सदस्य कमला वगालेको विशेष उपस्थितिमा आयोजित सो भेलाको भारत स्थित नेपालीहरुका समसामयिक समस्याहरु तथा भारतमा मूल प्रवाहको आवश्यकता बारे व्यापक क्लास तथा छलफल गरिएको थियो ।

भेलाले सुमन शर्माको अध्यक्षतामा ११ सदस्यीय टोल समितिको गठन गरेको छ । जस्माः सचिव– ओमप्रकाश खनाल, कोषाध्यक्ष– जुना खनाल, सदस्यहरुमा क्रमशः ज्योती खनाल, सुनिता गहा, रितु रास्कोटी, मिना पुन, जेपी शर्मा, हुम बहादुर पुन, तुल्सी खनाल रहनुभएको छ । उक्त भेलाको अध्यक्षता डोलमाया विकले र सञ्चालन कमला वगालेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार