मध्य हैदरावाद, ३१ अगस्त । मूल प्रवाह अखिल भारत एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा संचालित सिकन्दरावाद वि एरिया समिति ईस्ट मारेठपल्ली अन्तर्गत वेस्ट मारेठपल्ली टोल समिति ए को पुनर्गठन गरिएको छ ।
नगर सदस्य विकास परियार र धन बहादुर शाहीको पहलमा शंकर विकको अध्यक्षतामा ७ सदस्यीय वेस्ट मारेठपल्ली टोल समितिको पुनर्गठन गरिएको हो । जसमा : सचिव– गोर बहादुर विक, कोषाध्यक्ष– तेज टमटा, सदस्यहरुमा क्रमश : प्रेमसिंह जमाला, नरेश कड़ायात, शन्त बहादुर विक र राम सिंह विक रहनुभएको छ ।