चेन्नईमा चार नगर समितिहरुले संयुक्त रुपमा मनाए स्थापना दिवस

महेन्द्र बस्याल
चेन्नई ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई चारवटै नगर समितिको तत्वाधानमा ४०औं स्थापना दिवसको कार्यक्रम केन्द्रीय उपाध्यक्ष देव बहादुर लामिछानेको प्रमुख आतित्थ्यतामा सम्पन्न पारिएको ।

पूर्व नगर सदस्य लक्ष्मण चालीसेको सञ्चालन तथा पश्चिम नगर अध्यक्ष हेमराज रिजालको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा अतिथि आशन ग्रहण पछि सहिदहरूको संझनामा एक मिनेट मौनधारण पछि ज्योतिनारायण शर्माले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि देवबहादुर लामीछाने, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, सदस्य मदन शर्मा, कोषाध्यक्ष शेरबहादुर बिक, सदस्य उमानन्द आचार्य, अर्जुन केसी, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, पूर्व नगर सचिव कोटीप्रसाद पोख्रेल, पश्चिम नगर सचिव हिरामणी शर्मा, सदस्य पदम पौडेल, उत्तर नगर उपाध्यक्ष देवी ढकाल लगायतले शुभकामना मन्तवय दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार