पूर्वी भारत क्षेत्रीय सदस्य धन बहादुर बिकप्रति भावपूर्ण श्रद्धान्जली

कोलाकाता । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वी भारत क्षेत्रीय समितिका सदस्य तथा ब्रम्हामपुर नगर समितिका जिम्मेवार कार्यकर्ता धन बहादुर विकको असामायीक निधन भएको छ । विकको निधनले सिंगो संगठन मर्माहत भएको छ ।

वहाँको २४ जुन २०२१ मा ओडिसाको ब्रम्हामपुरमा मुटु रोगको कारण निधन भएको थियो । उहाँ लामो समयदेखि पुर्वी भारत क्षेत्रीय समिति र ब्रम्हामपुर नगर समितिको जिम्मेवार ठाउँमा बसेर संगठनमा काम गर्दै आउनु भएको थियो । उहाँको नेपाल घर धुर्ले ४ रुपकोट काँस्की हो ।

धन बहादुर विकको निधनप्रति शोक प्रकट गर्दै समाजका महासचिव ठाकुर खनालले लेख्नुभएको छ : “ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वी भारत क्षेत्रीय समितिका सदस्य तथा ब्रम्हामपुर नगर समितिका जिम्मेवार कार्यकर्ता धन बहादुर विकको असामायीक निधन भएको छ । विकको निधनले सिंगो संगठन मर्माहत भएको छ । वहाँको निधनले संगठनलाई अपूर्णीय क्षति पुगेको छ । मृतक धन बहादुर विकप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति भावपुर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र धैर्यधारणाको कामना प्रकट गर्दछौं ।”

त्यस्तै पूर्वी भारत क्षेत्रीय समितिका अध्यक्ष हरिप्रसाद शर्माले क्षेत्रीय समितिको तर्फदेखि मिति भावपुर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र धैर्यधारणाको कामना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार