प्यूठान ऐरावती जाबुनेका नारायण बहादुर कुँवरको चेन्नईमा निधन

कोटी प्रसाद पोख्रेल

चेन्नई २६ मई । प्यूठान ऐरावती गाउँपालिका ३, जाबुने निवासी सेर बहादुर कुँवरको छोरा नारायण बहादुर कुँवरको कोभिडका कारण चेन्नईमा निधन भएको छ । उनी ४७ वर्षका कुँवरको २५ मई २०२१ का दिन बिहान करिब ९.५० मा चेन्नईस्थित राजीव गांधी सरकारी अस्पतालमा उपचारको क्रममा निधन भयको थियो ।

कुँवरको निधनको खबर क्षेत्रीय समितिका सदस्य तथा पूर्व नगर समितिका सचिव कोटी प्रसाद पोख्रेललाई जनाकारी प्राप्त भएपछि क्षेत्रीय समितिका सदस्य काशीराम शर्मा र कोटी प्रसाद पोख्रेल हस्पिटल पुगि आफन्तहरु र कम्पनीका स्टापहरुको पहलमा प्रशासनियक प्रक्रिया पूरा भए पनि २५ मईका दिन सशानघाटको समस्याको कारण दाहासंस्कार हुन नसकेको हुँदा आज २६ मई २०२१ का दिन नुगामबक्कम संशानघाटमा साँझ ४ः२० बजे दाहंस्कार गरिएको छ ।

शवयात्रामा मृतकको जेठो छोरा छविलाल कुँवर मूल अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य काशीराम शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य तथा पूर्व नगर समिति सचिव कोटी प्रसाद पोख्रेल, पश्चिम नगर सदस्य नेत्र शर्मा, रुद्र प्रसाद पोखरेल, कम्पनीका मेंनेजर हरी पन्थी, कम्पनी स्टाप उमेश कुमार, हरीनाथ, जनसम्पर्क समितिका केन्द्रीय सचिव चन्द्रकान्त आचार्य, मनिवाल राज मोहन लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

दाहसंस्कार पछि मृतक नारायण बहादुर कुँवरको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । काशीराम शर्मा र चन्द्रकान्त आचार्यले शोक मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन कोटीप्रसाद पोख्रेलले गर्नु भऐको थियो । स्मरण रहोस मृतकको तीन भाई छोराहरू र श्रीमती हुनुहुन्छ । उहाँहरुको लागि कम्पनीका मेनेजर श्री हरी पन्थीसँगको छलफल पछि छोराले नोकरी गरेमा एउटा छोरालाई नोकरी दिने र घर परिवारको लागि केही आर्थिक सयोग दिने समझौता भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार