राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ ढाकावाँङको बनभोज तथा भेला सम्पन्न

माधव खनाल
७ माघ, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा साविकको ढाकावाँङ ६ को भगवती टोल आदर्श टोल र शिद्दबाबा टोलको संयुक्त आयोजनामा भेला तथा बनभोज कार्यक्रम आज भुमिकास्थान १ को ढाकावाँङको सिउडेनिमा सम्पन्न भएको छ ।

भेला तथा बनभोज कार्यक्रम राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा वडा न १ का वडा अध्यक्ष भोजराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । भेलाले भगवती टोल आदर्श टोल र शिद्धबाबा टोल समिति समेत गठन गरेको छ । जस अन्तर्गत भगवती टोलमा जनक खनाल अध्यक्ष रहेको १३ सदस्यीय टोल समिति गठन गरेको छ । जसको उपाध्यक्ष राधा भुसाल, सचिव बुद्धिराम खनाल, कोषाध्यक्ष मधु अधिकारी र सदस्यहरुमा मोतीराम खनाल, पुनाराम खनाल, नारायण खनाल, शालिकराम खनाल, प्रेम बैजाली, यमकला खनाल, राम बहादुर नेपाली, गोपाल भुसाल रहनुभएको छ ।

त्यस्तै आदर्श टोलमा गोपाल बिक अध्यक्ष रहेको ११ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्ष केस बहादुर गमाल, सचिव प्रेम खनाल, सहसचिव बिष्णु खनाल, कोषाध्यक्ष कमला खनाल, सदस्यहरुमा क्रमशः प्रदीप घर्ती, चुराबहादुर थापा, टेकबहादुर गमाल, चन्द्रबहादुर गमाल, देवकला खनाल, ऋषि बहादुर गमाल रहनुभएको छ ।

शेरबहादुर गमालको अध्यक्षतामा ७ सदस्यीय शिद्धबाबा टोल समिति गठन गरेको छ । जसको उपाध्यक्ष सुमित्रा गमाल सचिव तिलक गमाल, सहसचिव नरबहादुर गमाल, कोषाध्यक्ष रविता पुन सदस्यहरुमा शृजना गमाल, चिन्तबहादुर पुन रहनु भएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा भुमिकास्थान १ का वडा अध्यक्ष भोजराज खनाल, अखिल नेपाल शिक्षक संघका अर्घाखाँची सदस्य हिमलाल खनाल, अखिल नेपाल ट्रेडयुनियन अन्टुकका भुमिकास्थान सचिव युवराज खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम गोपाल बिकको अध्यक्षता, प्रेम बैजालिको स्वागत मन्तव्य र कृष्ण खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार