हाँडीकोट टाँपू

जनक राज पौडेल,  दक्षिण भारत

मेरो घरको शिरमा
 अवस्थित हाँडीकोट टाँपु
 म सानो छदाँ
अाक्कल झुक्कल
 गईन्थ्यो
त्यो बारेमा
वुढा पाका हरु बाट
पौराणिक कथा सुनिन्थ्यो
जब त्यहाँ गईन्थ्यो
प्रकृतिले दिएका
अज्ञानताले अोझेल परेका
विभिन्न वनस्पती
सयौ थरि प्रजाती
त्यो मध्य बाट
सामान्य ज्ञान भएको
धेरै महत्व नबुझेको
सत्तुवाँ खोजिन्थ्यो
चुप चाँप
वासस्थान तिर झरिन्थ्यो।
टापू बाट अवलोकन गर्दा
पाल्पा देखिन्थ्यो
हिम शिखर हरु
टलक्क टकिन्थ्यो
शिरि शिरि चिसो हावाँ
आँच्छु
शरिर कठाङ्ग्रिन्थ्यो
पुरातात्त्विक बस्तु
 कथा गाँथा बोकेको
एेतिहासिक स्थल
 उच्च शिखर
आफैमा अोजिलो थियो
तर
समयले महत्व नबुझाएर हो कि!
नजिक को तिर्थ स्थल
महत्व हुदैन भन्दा झै भयो कि !
त्यति ध्यान जादैनथ्यो ।
अहिले
समयले क्रमिक बुझाउदै लग्यो कि!
साच्चै चमत्कार पो देखायो कि
आफ्नो महत्व मानव संग वढायो कि !
 आजकाल मानव भिड हरु
वरिपरि झुम्मिएको देख्दैछु
म गद् गद् छु
  अवश्य लोभ्भिएको छु
तर सुम्सुमाउन असमर्थ छु
रानीले कपाल कोर्ने पत्तरमा बसी
 गुनगुनाउन मन छ
विडम्बना भौगोलिक रुपमा
म टाँढा छु
 मेरो भावनात्मक सम्बन्ध
त्यो टाँपू संग
 बुझिनसक्नु गाँढा छ
समयले साथ दिए
 हाँडीकोट टापु संग
अङ्गालोमा बाधिएर
मन को बह अवश्य कहने छु
ढंगै नभए पनि
जवरजस्त कम्मर मर्काई भाच्ने छु।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार