गुल्मी। राष्ट्रिय जनमोर्चा पाल्पाले रक्तिम सांस्कृतिक अभियानकी जिल्ला उपाध्यक्ष कुशुम दर्लामीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
राजमो जिल्ला सदस्य विष्णु वञ्जाडेको अध्यक्षता तथा तिलका गाहाको सञ्चालनमा कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रममा राजमोका केन्द्रीय सदस्य सोमकुमार कार्की, राजमो गुल्मीका सचिव तथा कुशुमका बुबा छविलाल सर्वतुङ्गी, पाल्पा अध्यक्ष (श्रीमान) विशाल दर्लामी, जिल्ला सदस्य हरि न्यौपाने, अखिल नेपाल युवक संघका अध्यक्ष विष्णु नेपाली, अखिल नेपाल महिला संघकी वैकल्पिक जिल्ला सदस्य सुवास घर्ती, राजमो रैनादेवी छहरा गाउँपालिका–३ का अध्यक्ष विष्णु ज्ञवाली, जनप्रतिनीधि सूर्यप्रसाद पौडेल लगायत अतिथिहरुले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
















