बबिता गायकप्रति भावपूर्ण श्रद्धाञ्जली

सिदाम्बरम, १२ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिदाम्बरम नगर समिति अन्तर्गत महिला नगर विभागकी सदस्य बबिता गायकको ११ जुन २०२१ का दिन दुखद निधन भएको छ । मृतक बबिता गायक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय प्रतिनिधि साथै रक्तिम साँस्कृतिक विभागका संयोजक बालाकृष्ण गायक कि जीवन संगिनि हुनुहुन्थ्यो ।

वहाँ बाग्लुङ नगरपालिका १२ अमलाचौर, निबासी हुनुहुन्थ्यो । गायक परिवार सन १९९५ देखि रहँदै आउनु भएको थियो । ४८ कि बबिता गायक, सुगर र रक्तचापद्धारा पिडित हुनुहुन्थ्यो । वहाँको गत ६ जुनका दिनदेखि अस्पतालमा उचार गर्दै आउनुभएको थियो । बबिताको उपचारको क्रममा ११ जुनको राती ११ बजे असमाहिक निधन भएको थियो । संगठनमा बबिता गायक अनुशासित, मिलनसार, सहयोगी र संगठनप्रति प्रतिवद्ध हुनुहुन्थ्यो । वहाँले आफ्नो जीवनको अन्तिमसम्म पनि सिदाम्बरममा संगठनको अभिभावकीय भुमिका निर्बाह गर्दै आउनु भएको थियो ।

समाजका महासचिव ठाकुर खनालले केन्द्रीय समितिको तर्फदेखि बबिता गायकको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । “बबिता गायकको दुखद निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अत्यन्तै मर्माहत छ । बबिताको निधनले संगठनलाई अपूर्णीय क्षति पुगेको छ । वहाँको निधनप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।” महासचिव खनालले शोक व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार