काठमाडौं । धनुषामा पोखरीमा डुबेर एकै गाउँका पाँच बालिकाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय जनमोर्चाले दुःख प्रकट गरेको छ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले शनिबार विज्ञप्ति प्रकाशित गरी सो घटना अत्यन्त पीडादायक भएको बताउनुभएको छ ।
‘धनुषाको एउटा पोखरीमा ५ जना साना बालिकाहरुको डुबेर मृत्यु भएको घटनाप्रति राष्ट्रिय जनमोर्चा स्तव्ध भएको छ । वास्तवमा त्यो अत्यन्त दुःखद र पीडादायक घटना हो’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले उक्त घटनमा मृत्यु हुनै सबै किशोरीहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका सबै सन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।’
शनिबार धनुषाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको नुहाउने त्र,ममा पोखरीमा डुबेर मृत्यु भएकोे थियो ।
मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिता रहेका छन् ।
















