- धर्मराज शर्मा
उसको हर्कतले मेरो अस्तित्व लुटियो
मेरै सन्ततिका अधिकार बञ्चित गर्दै ।
महत्वाकाँछ्या पूरागर्न गुटको बाटो टेक्दै
असंबैधानिक्ताले मेरा हातखुट्टा बाँधियो
दुई तिहाईको दम्भमा प्रतिगमन लादियो ।।
ईतिहास जगतलाई मतियार बनाउँदै
अलोकतान्त्रिक्ताले मरो शिर काटियो ।
गणतन्त्र धरापमा पार्ने जालो बुन्दै
भत्ता माथी महलको सपना देखाई ।
शर्वहारा बर्गको संविधान धरापमा पारियो ।।
साम्राज्यबादले मेरा प्रत्येक अंग स्पर्श गर्दै ।
उसका पत्येक ईच्छ्या आकाँछ्या पूरा गर्यो ।
मेरा संबेदनसिलमा बारबार झिर रोप्दै
बर्ग दुश्मनसँग पटक–पटक मितेरी गाँस्यो ।
सेबकको नाउमा मेरो अन्तर आत्म लुट्यो।।
अधिनायक्ताले धेरैलाई कुर्चि दिलाउँदै
नैतिक्तामा सम्झौता गरि बलत्कार गरायो ।
हरेक चोकचोकमा मलाई निर्बस्त्र पारि ।
आधार बिना मेरो छातिमा परेड खेलायौ ।
अबशरबादी तत्वले घर्को नघाटको बनायो ।।
तानाशाह प्रबृर्तिमा मलाई शजाई
प्रत्येक आबस्यक्ता पुर्तिगर्न दिवाल बनायो ।
निति बिनाका कयौं भ्रष्ट मन्त्री बनाउँदै
पर्तिगमन कारिताले मलाई बँधायो ।
घेराबन्दि बनाई मेरा अष्मिता चपायो ।।
















