भोजराज शर्माको शोकसभा सम्पन्न

खिमराज चालिसे

लुधियाना, २३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समितिको आयोजनामा सानिवाल एरिया समितिका अध्यक्ष स्व. भोजराज शर्माको शोकसभा सम्पन्न गरिएको छ ।

धनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न शोकसभामा क्षेत्रीय सदस्य उदैसिंह चन्द, नगर सचिव अर्जुन कार्की, नगर समितिका इन्द्र केसी, विनोद थापा, कमल थापा, बिना साउदी, कल्पना साउद, विष्णु साउ“द लगाएतले मृतक शर्मा प्रति १ मिनट मौनधारण सहित श्रद्धाञ्जलि अर्पित गर्नुभएको थियो ।

कोरोना माहामारीको कारण लकडाउन मा रहेको लुधियानामा आफ्ना कार्यकर्ताको प्रत्यक्ष शोकसभा गर्न असमर्थ भए पछि करिब एक महिना पछि शोकसभा सम्पन्न गरिएको नगर सचिव अर्जुन कार्कीले बताउनु भएको छ ।

लुधियाना सनिवाल एरिया समितिका अध्यक्ष स्व. भोजराज शर्माको २३ मइको असमायिक निधन भएको थियो । वहा“ प्युठान जिल्ला, मालारानी गाउ“पालीका वार्ड नम्वर ३ निवासी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार