गजल!

सुरेशकुमार पान्डे ##

देशभित्र जातिय बिभेद सदैभरी किन हुन्छ,
असमान ब्यबहार पनि घरि घरी किन हुन्छ।

दुनियाँ चन्द्रमामा पुगिसकेको देख्यौँ सबैले,
सामाजीक कु संस्कारनै मनपरी किन हुन्छ ।

छुवाछुत र मान्छे मान्छेमा पनि असमानता,
आमा हाम्रै समाजभित्र खरखरी किन हुन्छ ।

मेरै देशका देवी देवताले बलि माग्ने गर्दानी,
भन्नुपर्छ देवता पनि राक्षेश सरी किन हुन्छ ।

जात–जातिमै बिभेद र छुवाछुत उस्तै आज,
आँखा भरी सन्तानको बर्षे झरी किन हुन्छ ।

मुक्तिकै लागि लड्छौ प्राणको बाझि लगाई,
उस्तै ब्यबस्था रगतकै खोलितरी किन हुन्छ ।
२५–०६–२०२१,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार