रोपड, १६ जुलाई । न्याय माग्दै विभिन्न संगठनहरुमा पुगेकी माया विकलाई कतै कुनै संघ संस्थाहरुबाट न्याय नमिले पछि मूल प्रवाहले उनलाई न्याय दिलाएको छ ।
श्रीमान रबी बहादुरको निधन पछी करिव २५ वर्षको वैवाहिक जीवन असाह्य जस्तै भएकी श्रीमति माया विकले न्यायपाउँ भनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड़ नगर समितिमा दिएको निवेदनका आधारमा समाजका प्रतिनिधिहरु वादी प्रतिवादी र आफन्तहरुको बिचमा व्यापक छलफल पश्चात गरिएको सर्वंक्षीय सहमती अनुसार जिपीएफ, ग्रेच्युटी र छुट्टीको रकमको ५० प्रतिशत माया विकलाई दिने लिखित सम्झौता गरिएको थियो ।
सोही अनुसार हाल मिलेको जिपीएफबाट प्राप्त ५० प्रतिशत रकम दुईलाख छ्यानब्बे हजार आठ सय मूल प्रवाह मूल प्रवाह केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय सदस्य छबिलाल सापकोटा र नगर अध्यक्ष दयाराम लामिछानेले पिडितलाई हस्तान्तरण गर्नु भएको छ ।
मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य छबिलाल सापकोटाले दिएको जानकारी अनुसार माया विकलाई जिपीएफको ५० प्रतिशत रकम मिले पनि अब पाउन पर्ने ग्रेच्युटी र छुट्टीको पैसाबाट पनि आधा रकम थप मिल्न बाँकी रहेको छ ।
















