कथित क्रान्तिकारीहरुका भ्रमलाई चिर्दै धमाधम मूल प्रवाहको संगठन विस्तार

सचिन, १ अगस्त । संगठनको सङ्गठनात्मक प्रणाली र अनुशासनलाई कायम राख्ने वा जनवादी केन्द्रीयता सम्बन्धी गैरमाक्र्सवादी–लेनिनवादी सोंचाइ राख्ने कथित क्रान्तिकारीहरुको भ्रमलाई चिर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु भारत व्यापी रुपमा संगठन विस्तार अभियानमा खटिएका छन् । संगठन विरोधी, अराजक तथा महत्वाकांक्षीहरुको गतिविधिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुले निस्तेज पार्दै अगाडि बढिरहेको हो ।

अराजक तथा अनुशासन विहिन गतिविधिमा संलग्न भएकाले संगठनबाट साधारण सदस्य समेतबाट निश्काशित व्यक्तिहरुले विभिन्न प्रकारले संगठनमाथि हमला गर्ने कोशिस गरेता पनि उनीहरु परास्त गर्दै समाजका कार्यकर्ताहरुले कैयौं नयाँ नयाँ स्थानहरुमा संगठन निर्माण गरेका छन् भने पुराना र विघटित अवस्थामा रहेका समितिलाई पुनर्गठन गरेका छन् ।

त्यसका साथै संगठनका कार्यकर्ताहरुले भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरु माथि पर्ने समस्याका लागि पनि निरन्तर रुपमा जुटदै आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्दै आएका छन् । संगठनका अनुशासित र प्रतिवद्ध नेता कार्यकर्ताहरुले अनुशासन विहिन तत्वहरुले संगठनमा पार्न खोजेको फूटपरस्त गतिविधिलाई ध्वस्त पार्दै अगाडि बढिरहेका छन् ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत धमाधम संगठन निर्माणको अभियान सञ्चालित रहेको केन्द्रीय सचिव एवं क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीले जानकारी दिनुभएको छ । कार्कीका अनुसार सचिन नगर समितिका अधिकांश सदस्यहरु स्वदेश र कामको सिलसिलामा अन्य स्थानमा गएकोले छैटौं नगर सम्मेलन पछिको प्रथम भेला आज १ अगस्त २०२१ का दिन सम्पन्न पारिएको छ ।

नवीन गिरीको सञ्चालन र सबिना कुँवरको अध्यक्षताबाट अघि बढेको सो भेलामा सहभागिहरुलाई सुन्दर अर्यालले मन्तव्यबाट स्वागत गर्नुभएको थियो । भेलामा केन्द्रीय सचिव एवं पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, पश्चिम भारत क्षेत्रीय सदस्य हरि कुमार गिरीको आतित्थ्यता तथा भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेल्दै आएको अभिभावकीय भूमिकाको बारेमा प्रष्ट्याउनु भएको थियो ।

भेलाले सविना कुँवरको अध्यक्षतामा १३ पुर्ण २ बैकल्पिक र ४ सल्लाहकार १९ सदस्यीय सचिन नगर समिचि चयन गरेको छ । नयाँ समितिको घोषणा बेद बहादुर कार्कीले गर्नुभएको थियो । जसमा ः उपाध्यक्ष– जङ्ग पल्ली, सचिव– नवीन गिरी, सहसचिव ज्ञानेन्द्र धामी, कोषाध्यक्ष– सुन्दर अर्याल रहनुभएको छ । त्यस्तै सदस्यमा ः सविन चौधरी, रमाकान्त चौधरी, अरुण कुशवाहा, देव बुढा मगर, दिपेन्द्र चौधरी, रुद्र बहादुर विक, बलराम परिवार र हरि कुमार गिरी, बैकल्पिक सदस्यमाः डम्बर बुढा र शुष्मा श्रेष्ठ रहनुभएको छ । त्यस्तै भेलाले टेक बहादुर साउँद, गिता राई, करण केशी र बिन बहादुर रेग्मीलाई सल्लाहकार चयन गरेको छ ।

नव निर्बाचित सचिन नगर समितिलाई बेद बहादुर कार्कीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार