स्वर्गद्वारी नगरपालिका ७ मा राजमोको भेला

शिव पन्थी,

प्यूठान । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा न. ७ कोमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । भेलाले दामोदर गोराथोकीको अध्यक्षतामा ९ पूर्ण ३ वैकल्पिक र ५ सल्लाकार गरी १७ सदस्यीय वार्ड समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा लङक बहादुर घर्ती, सचिव बिनोद विक, कोषाध्यक्ष बिष्ना विक तथा सदस्यहरूमा मनोज विक, बेलूराम अधिकारी, विष्णु परियर, चन्द्र बूढा मगर, मान प्रसाद आचार्य, वैकल्पिक सदस्यहरू डील बहादुर बूढा, खेतुलाल बसेल, बोम बहादुर घर्ती रहनुभएको छ ।

यस्तै, सल्लाकार समितिमा खुमा अधिकारी, बिष्णु भुषाल, खेमराज बूढा, झगु परियार र बोम प्रसाद अधिकारी रहनु भएको छ ।
बोम प्रसाद अधिकारीको अध्यक्षता र मनोज विकको सञ्चालनमा भएको कार्यक्रममा तिलकराम कालाथोकीले स्वागत गर्नुभएको थियो ।

भेलामा नगर सदस्य सिब पन्थी र मोहन गोराथोकीको बिशेष उपस्थिति रहेको थियो भने अखिल नेपाल महिला संघ जिल्ला सदस्य खुमा अधिकारी र बिन्दु परिको पनि आतिथ्यता रहेको थियो ।

नवनिर्वाचित समितिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समिति सदस्य जितेन्द्र विकले बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार