चंडिगढको इन्डस्ट्रीयल एरियामा मूल प्रवाहको एरिया भेला सम्पन्न

चण्डीगढ, ७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समिति अन्तर्गत इन्डस्ट्रीयल एरिया समितिको भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन केन्द्रीय सल्लाहकार खिमराज चालिसेले करतार ध्वनीमा व्यानर खोलेर उद्घाटन गर्नुभएको थियो ।

सो इन्डस्ट्रीयल एरियाको भेलाद्धारा नवनिर्वाचित समितिको नामावलीको घोषणा क्षेत्रीय सदस्य प्रेम आचार्यले गर्नुभएको थियो । भेलाले ११ पुर्ण ४ बैकल्पिक र २ सल्लाहकार गरि १७ सदस्यिय एरिया संगठन समितिको निर्माण गरेको छ । जस्माः अध्यक्ष– थानेश्वर पाण्डे, सचिव– राम पन्थी, कोषाध्यक्ष– सरस्वता भुसाल, सदस्यहरुमाः बिनुकुमार नेपाली, तेजबहादुर रोका, लक्ष्मी अधिकारी, बिष्णु अर्याल, डासीराम अर्याल, दिनेश विक, सुनिता, तारा ज्ञावली बैकल्पिक सदस्यहरुमा तिर्था भुसाल, बलुराम बञ्जाडे, लक्ष्मण खनाल, इन्दीरा पौडयाल र सल्लाहकारमा किसन बुढाथोकी र नारायण शर्मा रहनु भएको छ ।

नव निर्वाचित समितिलाई केन्द्रीय सदस्य दिनेश खडका, सल्लाहकार तिलक पौडेल, महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, समता केन्द्रीय विभागका बिनु नेपाली, जनजाति विभाग क्षेत्रका तेज बहादुर रोका, नगर अध्यक्ष मानबहादुर केसी, उपाध्यक्ष बालाराम न्यौंपाने, महिला नगर संयोजक माया आचार्य, रक्तीम बिभागका दुर्गा विक, विध्यार्थी विभाग केन्द्रीय सदस्य विष्णु वेलवासे, नगरबाट दिपक चालिसे लगाएतले वधाइ तथा शुभकामना दिनुभएको थियो ।

थानेश्वर पाण्डेको सञ्चालनमा तथा बिष्णु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्ष्मी अधिकारी तथा रक्तिम कलाकारहरुद्धारा स्वागत गरिएको थियो ।

भारतमा केही समयदेखि कोरोना संक्रमणमा आएको कमी तथा भारत सरकारद्वारा दिइएका छुटहरुलाई प्रयोग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कैयौं नगरहरुले संगठनलाई व्यापक जनस्तरमा पुराउने उद्धेश्यका साथ संगठनात्मक भेलाहरु, प्रशिक्षण तथा क्लास चलाई सबै प्रकारका भ्रम विरुद्ध सैद्धान्तिक रुपमा स्पष्ट पार्ने कार्यमा निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार