चंडिगढमा निरन्तर जारि छ, मूल प्रवाहका एरिया भेलाहरु

  • खिमराज चालिसे

चंडिगढ, ८ अगस्त । मूल प्रवाह सुदुरपिश्चमोत्तर क्षेत्रको चंडिगढ नगर समितिले कार्यकर्ताहरुलाई विभिन्न प्रकारका भ्रम चिर्दै र सैद्धान्तिक रुपमा प्रशिक्षीत गर्दै मूल प्रवाहलाई जनस्तरमा स्थापित गर्न उर्जा दिने गरि विभिन्न एरियाहरुका भेला अगस्त ६ देखि २२ सम्म सम्पन्न गर्ने निर्णय अनुसार आज मोहाली एरियाको भेला सम्पन्न भएको हो ।

मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले करतार ध्वनीमा व्यानर खोलेर उद्घाटन गर्नुभएको सो भेलामा संगठनको विकास विस्तारमा सबै कार्यकर्ताहरु एकढिक्का हुँदै अगाडि बढने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेलाले बालाराम न्यौंपानेको अध्यक्षतामा ११ पुर्ण, २ बैकल्पिक र २ सल्लाहकार गरि १५ सदस्यिय मोहाली एरिया समिति निर्माण गरिएको छ । जस्माः सचिव लिला विक, कोषाध्यक्ष– सिमा खड्का र सदस्यहरुमा क्रमशः रामप्रसाद शर्मा, मोहन वुढा, सन्तोष खनाल, सिता खडका, लक्ष्मी क्षेत्री, चेतमान सुनार, हेमलाल सुनार, सुनिल, बैकल्पिक सदस्यहरुमाः देबेन्द्र कुमार र शोभादेवी न्यौंपाने रहनुभएको छ । त्यस्तै भेलाले मान बहादुर केसी र सिता खत्रीलाई सल्लाहकारमा चयन गरेको छ ।

भेलाद्धारा नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सल्लाहकार तिलक पौडेलले गर्नुभएको थियो भने शुभकामना दिने वक्ताहरुमा मूल प्रवाहका क्षेत्रीय सदस्य प्रेम आचार्य, समता केन्द्रीय विभागका बिनु नेपाली, जनजाति क्षेत्रीय विभागका तेजबहादुर रोका, रक्तिम बिभागका अर्जुन विक र महिला नगर विभागकी सचिव जमुना खनाल लगाएत हुनुहुन्थ्यो ।

भेला लिला विकको सञ्चालनमा तथा बालाराम न्यौपानेको अध्यक्षता र मान बहादुर केसीको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार