फरीदावादमा प्रशिक्षणात्मक बैठक सम्पन्न

अजय रेश्मी,

फरीदावाद, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीवाद नगर समितिको प्रशिक्षणात्मक बैठक सम्पन्न भएको छ । नगर अध्यक्ष बाबुराम विष्टको अध्यक्षता र केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको प्रमुख आतित्थ्यतामा सो प्रशिक्षणात्मक बैठक सम्पन्न भएको हो ।

प्रशिक्षणात्मक बैठकमा केन्द्रीय वैकल्पिक सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव शिव केसीको पनि आतित्थ्यता रहेको थियो । अध्यक्ष केसीले संगठनमा देखिका विभिन्न प्रकारका भ्रमहरु बारे प्रष्ट्याउनु भएको थियो । त्यस्तै शिव केसीले प्रशिक्षणमा आएका जिज्ञासाहरुको बारेमा प्रष्ट्याउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार