मध्य हैदरावाद, २ सितम्बर । मूल प्रवाह अखिल भारत एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित सिकन्दराबाद ए एरिया समिति अन्तर्गत माडफोडमा टोल समिति पुनर्गठन गठन गरिएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्री, नगर सदस्य गुमा राना, गंगा कड़ायात एरिया सचिव सोबीता पौडेलको उपस्थितिमा सो टोल समिति गठन गरिएको हो ।
समितिमा अध्यक्ष– संगीता केसी, उपाध्यक्ष– कमला नेपाली, सचिव– देवेन्द्र केसी, सहसचिव– नीता नेपाली, कोषाध्यक्ष– प्रेमकुमारी थापा र सदस्यहरुमा क्रमश : सीता पौडेल, आशा नेपाली, भारत नेपाली र कल्पना ठकुरी रहनुभएको छ ।















