दैलेख, ६ असौज । राष्ट्रिय जनमोर्चा दैलेखको पाचौं भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्र्चाज क. जनकराज शर्माको प्रमुख आतित्थ्यतामा सो भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै नेता शर्माले विदेशी हस्तक्षेप बढेको बताउनु भयो । “राष्ट्रिय स्वाधिनता र अखण्डता माथि आँच आएको छ ।” शर्माले बताउनु भयो । केपी शर्मा ओलीले संसद विघटन गरेर आन्दोलनबाट प्राप्त उपलब्धिलाई ध्वस्त पार्न खोजेको हुँदा त्यसलाई क्रान्तिकारी आन्दोलन र संयुक्त आन्दोलनबाट अफसफल पार्नु पर्नेमा शर्माले जोड दिनु भयो ।
भेलाले भिम सिंह विष्टको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति कार्य समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– लोकपाल थापा, सचिव– कृष्ण केसी, सहसचिव नर बहादुर सिंह कोषाध्यक्ष– नन्दा आश्चार्य रहनुभएको छ । त्यस्तै सदस्यमाः शेर बहादुर सिंह, जनक मल्ल, धुमबहादुर विष्ट, जनक रेग्मी, हर्क रेग्मी, जोरासिंह थापा, खगेन्द्र खत्री, भरत थापा, निशा कठायत, लाल बहादुर थापा, खगेन्द्र खत्री रहनुभएको छ । भेलाले सात सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।
भेलाले विष्णु शर्मा, जगत प्रसाद रेग्मी, भक्त बहादुर विक र प्रेम प्रसाद शर्मालाई सल्लाहकार चयन गरेको छ ।















