पुनामा मूल प्रवाहका दुई नगर समिति निर्माण

पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिम भारत क्षेत्र भित्र तीब्र रुपमा संगठन विस्तार भएको छ। केही दिन अगाडि मात्र मुम्बईको बान्द्रा, कल्याण र नासिकमा समाजका महासचिव ठाकुर खनाल, सदस्य गोबिन्द थापा र टंक कुँवरको उपस्थितिमा नयाँ स्थानमा नगर समिति गठन भएको थियोे ।

ती नगर समितिहरुले संगठनका टोल एरिया समिति गठन गर्ने र सदस्य संख्या वृद्धि गर्ने कार्य चलिरहेको मूल प्रवाहले जनाएको छ । मध्य पश्चिम भारत क्षेत्रीय समितिमा अन्तर्गत ४ अक्टोबर २०२१ का दिन महाराष्ट्रको पुना उपमहानगर पालिकामा केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल र मध्य पश्चिम भारत क्षेत्रीय सदस्य तथा पुना उपमहानगर पालिका इन्चार्ज सेर बहादुर पुलामीको पहलमा पुना पश्चिम नगर समितिको गठन भएको छ ।

धनसिंह राहाडीको अध्यक्ष तथा विष्णु पुलामीको स्वागत र महेन्द्र थापाको सञ्चालनमा अगाडि बढेको भेलाको उद्घाटन केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले मूल प्रवाहको बिगत ४३ वर्षको सङठनात्मक र संघर्षको इतिहास, भारतमा नेपालीहरुको अबस्था, देशको बर्तमान राजनैतिक परिस्थिति, मूल प्रवाहको नेपालको राजनैतिक आन्दोलनन प्रतिको भूमिका बारेमा धारणा राख्नुभएको थियो ।

मूल प्रवाहको अहिले सम्मको इतिहास संघर्षसै संघर्षको इतिहास रहेको भन्दै उहाँले मूल प्रवाहलाई भारतब्यापी स्थापित गर्ने अभियानमा कैयौं होनाहार नेता कार्यकर्ता गुमाउनु परेको स्मरण गर्नुभयो।

उहाँले केही अवसरवादी तथा अनुशासनहीन तत्वहरुले गरिरहेको जालझेल, षड्यन्त्र र गुटबन्दीजन्य गतिविधिका विरुद्ध मूल प्रवाहका हजारौं नेता कार्यकर्ताको सचेत र निर्मम संघर्षको परिणाम अहिले मूल प्रवाह भारतब्यापी सशक्त रुपमा स्थापित भएको छ भन्नुभयो ।

‘मूल प्रवाहलाई ध्वस्त पार्ने सबै प्रकारका प्रयत्नहरु भुत्ते साबित भएको ईतिहास हाम्रा अगाडि ऐना झै छर्लंगै हुँदाहुँदै पनि अहिले फेरि केही अनुशासनहीन, अराजक र क्यारिरिष्ट तत्वहरु अरुको बैसाखी टेकेर मूल प्रवाहलाई ध्वस्त पार्ने दिउँसै सपना देखिरहेका छन् ।’ उहाँले भन्नुभयो, ‘उनीहरुको त्यस प्रकारको प्रयत्नलाई भारतब्यापी सचेत नेता कार्यकर्ताहरुले पहिलो झट्कामै असफल पारिसकेका छन् । केही बचे खुचेका अराजक र अवसरबादीहरु कथित समानान्तर समिति बनाउन असफल प्रयाश गरिरहेका छन् ।’

पुना पश्चिम नगर समिति
भेलाले धनसिंह राहीको अध्यक्षतामा ११ पूर्ण ४ वैकल्पिक र ४ सल्लाहकार सहित १९ सदस्यीय पुना पश्चिम नगर समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षम महेन्द्र थापा, सचिवमा देबिराम सिन्जापती, सहसचिवमा बलजित राना, कोषाध्यक्षमा ओम राना र सदस्यहरु धर्मेन्द्र राहाडी, दिनेश सिन्जापती, बिष्णु पुलामी, हरि सिंह राना, राम चन्द्र केसी, रोम बहादुर फौजा रहनुभएको छ ।

यस्तै, वैकल्पिक सदस्यमा लोकेश त्रामु, नवीन दर्लामी, महेन्द्र विक, भिम बहादुर घर्ती र सल्लाहकारमा तिलक गाहा, रोम बहादुर मरसांगी, चन्द्र बहादुर राना र एक स्थान रिक्त राखिएको छ ।

पुना पूर्वनगर समिति
त्यसैगरी, खिम राज राउतको अध्यक्षतामा दुई रिक्त रहने गरी १३ सदस्यीय पुना पूर्वनगर समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मण विक, सचिव खिम लाल भन्डारी, सहसचिव चक्र विक, कोषाध्यक्ष राम कुमार विक र सदस्यहरुमा धन बहादुर विक, प्रकाश जेठारा, जनक बहादुर भूल, नारायण केसी, दिपक सुनार र नरेश थापा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार