एमसिसि पास गर्ने अल्टिमेटम तुहाउनु पर्छ

रवी पौडेल

राष्ट्रियताको आन्दोलन उठिसकेको छ
जनता सडकमा जुटिसकेको छ
प्रशासनको लाठि खाई
कफनबेरि जनता फेरि जुटेको छ ।
एमसिसि चाहिदैन, देश बेच्न पाईदैन
अमेरिकी दलालहरु होशियार
देशको अस्मिता लुट्न पाईदैन
राष्ट्रघाति सरकार चाहिदैन ।
फुटेर होईन जुटेर एमसिसि खारेज गरौ
आफ्नौ देशको माटोमा भर परौ
चाहिदैन एमसिसि सहयोग
रोक्नु पर्छ अमेरिकी हस्तक्षेप ।
एमसिसि के हो ? सिरियामा हेर
जनताको रगत र पसिना माथि
कला र संस्कृति माथि
निर्दोष जनता माथिको दमन हेर ।
राष्ट्र र राष्ट्रियता जोगाउँ
रास्टघाति एमसिसि भगाउँ
रास्ट एक बन्नु पर्छ
दलाल र नोकरशाहहरुलाई
एमसिसिसँगै देशबाट भगाउनु पर्छ ।
एमसिसि पास गर्ने अल्टिमेटम
तुहाउनु पर्छ ।
राष्ट्रियताको रक्षार्थ
जनताको जिउने अधिकारको ग्यारेन्टी गर्न पनि
राष्ट्रियताको आन्दोलन चर्काउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार