मुम्बई । रोल्पा लुंग्री गाउँपालिका चुम्चाल ६ निवासी इन्द्र बहादुर बुढाथोकी हाल मुम्बईको ठानेमा जुबिटर हस्पिटलमा नर्सिङ होमको लागि टे«निङ गर्दै आएका थिए ।
उनले सोही हस्पिटलमा ११ जनवरी २०२२ गते बेलुका विष सेवन गरेको र उपचारको क्रममा १३ जनवरीका दिन अस्पतालले मृत घोषणा गरेको थियो । सो घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कार्यालयमा प्राप्त भएपछि तारापुरमा केन्द्रीय वैकल्पिक सदस्य टंक कुँवरलाई घटनाको बारेमा जानकारी गराइएको थियो ।
टंक कुँवरले मृतककी दिदीलाई फोन सम्पर्क गरि घटनाको प्रकृति बुझ्ने काम भएको थियो । त्यसपछि मूल प्रवाहको कार्यकर्ता डम्बर कुँवरलाई खटाइएको थियो । डम्बर कुँवर घटना स्थलमा पुगेर कानुनी प्रक्रिया गर्नुभएको थियो ।
मृतकको उपचार खर्च एक लाख सात हजार सात सय रुपियाँ लागेको अस्पताल प्रशासनले जानकारी दिएको थियो । अस्पताल प्रशासनले पूरा पेमेन्ट गरेर मात्रै बोडी दिने सर्त राखेको थियो । मूल प्रवाहका कार्यकर्ता डम्बर कुँवरले डाक्टरसँग मृतकको आफन्तसँग अस्पतालले बताएको खर्च दिने नसक्ने भएकोले घटाउन अनुरोध गर्नुभएको थियो । त्यसपछि हस्पिटलले एकसठ्ठी हजार कम गरेर ४६ हजार मात्र पेमेन्ट गरेर डेट बोडी निकालिएको थियो ।
मृतकको बुवा आमालाई रोल्पादेखि काठमाडौ आएर आज मुम्बई आए पछि मृतकको शव मुम्बई रे रोड बैकुण्ठ धाममा अन्तिम दाहासंस्कार गरिएको छ । मृतककी दिदीले पुना कम्प्यूटर इन्जिनिरिङ गर्दै हुनुहुन्छ ।