रोहतक, १५ जनवरी । हरियाणाको रोहतक जिल्ला अन्तर्गत रहेका परिचय पत्र बिहिन नेपालीहरु श्रमजिवीहरुलाई कोविड १९ भ्याक्सिन लगार्ईएको छ । सो भ्याक्सिनेशन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको पहलमा भएको हो ।
रोहतकको सेक्टर १४ स्थित सिविल डिस्पेनसरीमा डाक्टर सुनिल साथै उहाँको स्टाफ पुनम, सुमिनको साथ सहयोग र नगर समितिका सुभाष गौतम, गणेश शर्मा, बलबहादुर विक, रेशम विक, धर्म सुनार, उषा विक, मोहन नेपाली र टामबहादुर परियारको सहयोगमा स्वास्थ्य मापदण्ड पालना गर्दै गराउँदै सो भ्याक्सिनेशन गराइएको हो ।
१५ जनवरीका दिन सम्पन्न भ्याक्सिनेशन कार्यक्रमबाट १८० जना भन्दा बढी नेपाली श्रमजिवीहरुले कोविडको पहिलो डोजको लाभ लिएका थिए ।
सोही अवसरमा आठौँ अखिल भारत सम्मेलनको प्रचार प्रसार सहित २०२२ को सदस्यता प्रदान गर्नुका साथै नविनीकरण पनि गरिएको थियो ।