आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवं आगरा नगर समितिका अध्यक्ष मिठु केसी पितृ शोकमा पर्नुभएको छ ।
केसीका ७६ वर्षीय पिता बालाराम केसीको २३ जनवरी २०२२ का दिन दुःखद निधन भएको हो । प्यूठान नगरपालिका ५, जुम्रिकांडा निवासी केसी विगत लामो समयदेखि अस्वस्थ भई जिल्ला अस्पताल प्यूठान विजुवारमा उपचार गराउँदै आउनुभएको थियो । वहाँको आज सांझ ६ बजेको समयमा निधन भएको बताइएको छ ।
यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समितिले मृतक केसीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।