फरीदावादमा प्रचारात्मक सभा सहित रेश्मीलाई विदाई

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत फरीदावाद नगर समितिको आयोजनामा प्रचारात्मक सभा सहित विदाई कार्यक्रम सम्पन्न पारिएको छ ।

कार्यक्रममा मूल प्र्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनको प्रमुख आतित्थ्यता रहेको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै पुनले निकट भविष्यमा सम्पन्न हुन गइरहेको आठौं अखिल भारत सम्मेलनमा भारत प्रवासमा छरिएर रहनुभएका सम्पूर्ण श्रमजिवीको प्रतिनिधित्व हुने गरि सहभागिताको लागि पहल गर्न सबै स्तरका कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।

‘संगठनमाथि परेको समस्यालाई, व्यक्तिगत समस्याभन्दा माथि उठेर हेर्नुपर्दछ ।’ पुनले भन्नु भयो– ‘वैश्विक रुपमा उत्कर्षमा पुगेको पूँजिवादले विभिन्न माध्यमबाट श्रमजिवीहरुको संगठन माथि पनि हमला बोलिरहेका छन् ।’ यो अप्ठ्यारो परिस्थितिमा सम्पूर्ण श्रमविजीहरु फूटेर होइट जुटेर नै पूँजिवादसँग सामान गर्द सकिनेमा पुनको जोड थियो ।

पुनले विदाई मन्तव्य दिंदै बल बहादुर रेश्मीले भारतको राजनीतिक जीवनमा संगठनलाई कैयां नगिनाहरु जम्मा गरेर दिनुभएको छ । तर ति नगिनामा कशि लगाउने जिम्मा हामी सबैको भएको बताउनु भयो । साथै रेश्मीले सम्पूर्ण परिवारलाई संगठित गर्नु पर्ने शिक्षा दिएको बताउनु भयो ।

त्यस्तै, केन्द्रीय सल्लाहकार सूर्य बहादुर क्षेत्री, नगर समितिका विष्णु विसी, तामाराम ढकाल, महिला नगर विभागबाट मायाँ विसी, विकाश क्षेत्री, उमेश जिसी र विद्यार्थी नगर समितिबाट सरिता विसीले मन्तव्य राख्नुभएको थियो । वक्ताहरुले बलबहादुर रेश्मीको फरीदावादमा सदा अभाव खट्कीने बताउनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता बाबुराम विष्टले, सञ्चालन रमेशचन्द क्षेत्रीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि खेम न्यौंपानेले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा बल बहादुर रेश्मीले आफूले सन १९८४ मा गाउँमा गास, कपासको अभावको साथसाथै सामन्तवादी राज्यव्यवस्थाले चुसेर छिद्रा छिद्रा पारेको र ऋणले चुर्लुम्मै डुबेर नै त्यसबाट मुक्ति पाउनका लागि भारत पसेको बताउनु भयो । आफूले यहाँ आएर पनि त्यस्तै प्रकारको समस्या आफूले झेन्न परेको र आफूले पसिना बगाएर आर्जेको ज्याला समेत नपाए कै कारणले एकता समाजमा आवद्ध हुन पुगेको बताउनु भयो ।

एकता समाजमा आफू आबद्ध भएपछि केवल आफू मात्रै स्वाभिमानी नबनेर नेपाली समाजलाई नै स्वाभिमानी बनाउन निरन्तर रुपमा संगठनमा आबद्ध हुनका लागि धेरै श्रमजिवी नेपालीहरु बीच पुगेको रेश्मीले बताउनु भयो ।

‘म यहाँबाट स्वदेश फर्किएको छु, तर कैयौं धेरै योगदानहरु र संझनाहरु छोडेर गएको छु ।’ रेश्मीले बताउनु भयो– ‘हारेर होइन, जितेर काम गर्नु पर्छ । लडाई बौद्धिकताले लड्दै आफूले सिकेको बिचारलाई माथि राखेर काम गर्नु पर्दछ ।’ हारको नभई, उच्च राख्नु पर्नेमा मनोवल रेश्मीले कार्यकर्ताहरुलाई सुझाव दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार