रोहतक, २९ जनवरी । हरियाणा, रोहतक जिल्लाको साँपलामा गाडी दुर्घटना हुँदा रुपन्देही जिल्ला सैनामैना नगरपालिका ४ शोभानन्द रायमाझीको छोरा पुरण रायमाझी दुर्घटनामा परी गम्भीर अवस्थामा छन् ।
प्राप्त जानकारी अनुसार २६ जनवरीको दिन राती डिउटीबाट आफ्नो कोठामा जाने क्रममा उनले चलाएको मोटर साइकललाई पछाडिबाट आयको अज्ञात गाडीले ठक्कर दिँदा उनको दुर्घटना भएको थियो । दुर्घटना पछि गम्भीर घाइते भएका पुरण रायमाझीलाई साँपलामा उपचार सम्भव नभएपछि तत्काल रोहतक पिजीआई रेफर गरेको थियो ।
उनकी श्रीमती र साथीहरुले घटनाको बारेमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समितिका अध्यक्ष बाबुराम विष्टलाई जानकारी दिए पछि विष्टले रोहतक नगर समितिका कावा अध्यक्ष सुभास गौतमलाई जानकारी गराउनु भएको थियो ।
गौतम सहित नगर समितिका साथीहरु तत्काल पिजीआई रोहतक पुगी हालचाल बुझ्ने र राम्रो उपचारको लागि डाक्टरहरुसँग पहल गरिएको थियो । पुरण रायमाझीलाई आबस्यक सहयोग गर्न नगर समिति रोहतकबाट पहल भइरहेको छ । साथै उनको रेखदेखको लागि साथीहरु खटिनु भएको र अहिले पुरणको स्वास्थ्य अबस्थामा केही सुधार भएको बताइएको छ ।