मूल प्रवाह पुना नगर समितिद्धारा आर्थिक सहयोग

पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समिति विमारीलाई आर्थिक सहयोग गरेको छ ।

सत्यावती गाउँपालिका ३, ठुलोलुम्पेक कसिस्न्थलाका लेखत श्रीस र श्रीमति दुममाया श्रीसकी ३ महिनाकी छोरीको आन्द्राको अप्रेशनको लागि आर्थिक समस्या परेको हुँदा नगर समितिले सो आर्थिक सहयोग गरेको हो ।

श्रीस परिवारको आर्थिक अवस्था कमजोरी भएको र डाक्टरको सल्लाह अनुसार ४/५ लाख खर्च हुनेहुँदा मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका मध्य पश्चिम भारत क्षेत्रीय सदस्य शेर बहादुर पुलामी र पुना नगर समितिका अध्यक्ष धनसिङ राहादीको पहलमा नगर समिति अन्तर्गतबाट आर्थिक संकलन गरि रु. १६ हजार ३५० सहयोग गरिएको छ । नगर समितिका अध्यक्ष धनसिंह राहाडीले दिनुभएको जानकारी अनुसार सो रकम विमारीका परिवारलाई पठाइ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार