नोएडा, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत नेपाली एकता सम्मेलनको मिति नजिकिदै गर्दा सम्मेलनको प्रचार प्रसार एवं संगठन विस्तार कार्यक्रम पनि व्यापक रुपमा भइरहेको छ । संगठनका सम्पूणर् स्तरका कार्यकर्ताहरु एकढिक्का भई सम्मेलनको प्रचार प्रसारको साथसाथै संगठन विस्तारमा पनि त्यतिपूर्वक अगाडि बढ्दै गइरहेका छन् ।
यस बीच गुजरात, महाराष्ट्रमा कैयौं नगर समितिहरु विस्तार भएका छन् भने पञ्जाब, राजस्थान हरियाणा, उत्तर भारतमा पनि नगर समितिहरु धमाधम निर्माण भइरहेका छन् । यसै बीच उत्तर प्रदेशको औधोगिक शहर नोएडामा पुन नगर समिति पुनर्गठन गरिएको छ ।
कृष्ण कुँवरको पहलकदमी तथा क्षेत्रीय सल्लाहकार कन्या गुरुङ र ओखला नगर समितिका अध्यक्ष प्रविण गुरुङको विशेष उपस्थितिमा सम्पन्न भेलाले नोएडा नगर समिति पुनर्गठन गरेको हो ।
जसमाः अध्यक्ष- कृष्ण कुँवर, उपाध्यक्ष- जंग बहादुर खाती, सचिव- कृष्ण थापा, सहसचिव- सागर कुँवर र कोषाध्यक्ष- मनी कुँवर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ः सञ्जय खत्री, ज्ञानेन्द्र पौडेल, सिता कुँवर र एक स्थान रिक्त रहेको छ । वैकल्पिक सदस्यमाः चन्द्रकला पौडेल र एक स्थान रिक्त रहेको छ । भेलाले शर्मिलादेवी थापालाई सल्लाहकार चयन गरेको छ । नयाँ समितिलाई क्षेत्रीय समितिका सल्लाहकार कन्या गुरुङले वधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।