रोहतकमा मूल प्रवाहको पहलमा कोविड-१९ विरुद्ध भ्याक्सिन लगाईयो

रोहतक, १९ फरवरी । रोहतक जिल्लामा रहेका पहिचान पत्र बिहिन नेपालीहरुलाई मूल प्रवाहको पहलमा कोविड ज्ञढ भ्याक्सिनको दोस्रो डोज लगाईएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको पहलमा १९ फरवरीको सेक्टर १४ स्थित सिविल डिस्पेनसरीमा डाक्टर सुनिल साथै उहाँको स्टाफ पुनम, सुमिनको साथ सहयोग र नगर समितिका सुभाष गौतम, गणेश शर्मा, बलबहादुर बिक, रेसम बिक र धर्म सुनारको सहयोगमा स्वास्थ्य मापदण्ड पालना गर्दै गराउँदै भ्याक्सिन लगाईएको थियो।

जसमा १८० जना भन्दा बढी नेपाली साथीहरुले कोविडको पहिलो डोज लिनुभएको थियो । आज उनै साथीहरुलाई दोस्रो डोज लगाउने साथै नयाँ साथीहरुलाई पहिलो डोज लगाउन सहयोग गरीएको हो । जसमा आजपनि करीब ६६ जना भन्दा बढी नेपाली साथीहरुले भ्याक्सिनको लाभ प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार