रोहतकमा संगठन निर्माण भ्याई नभ्याई

रोहतक, २० फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने सिविल लाईनमा सामान्य भेला गरी समिति गठन गरिएको ।

नगर समितिका उपाध्यक्ष उषा विक सचिव बल बहादुर विक र धर्म सुनारको बिशेष उपस्थितिमा सुरु भएको भेलाको अध्यक्षता टाम बहादुर परियारले गर्नुभएको थियो । बल बहादुर विकले उपस्थित साथीहरुलाई समाज संगठनको महत्व र आवश्यकता बारे स्पष्ट गराउँनु भएको थियो भने धर्म सुनारले तात्कालिक देशमा एमसिसिको बिषय नेपाल र नेपालीको हितमा नरहेको हुनाले हामीले एकताका साथ यसको बिरोध गर्नुपर्ने बताउनु भयो ।

उपस्थित साथीहरुबाट चयन गरी १७ सदस्यीय सिविल लाईन एरिया समिति गठन गरिएको छ । जसमा  : अध्यक्ष- विक्की परियार, उपाध्यक्ष- टाम बहादुर परियार, सचिव- कल्पना परियार, सहसचिव- सुनिता सुनार, कोषाध्यक्ष- माया नेपाली, सदस्यहरुमाः दिपक परियार, गोमा परियार, देवी खरेल, गोबिन्द नेपाली, कमला पौडेल, माया थापा, वैकल्पिक सदस्यमाः दिपक सुनार, कमला परियार, मिना परियार, सल्लाहकारमा सिता परियार, मोहन नेपाली र रिता घर्ति रहनुभएको छ ।

नवनिर्मित समितिलाई उषा विकले नगर समितिको तर्फबाट सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

त्यसैगरि सोही नगर समिति अन्तर्गत अस्तलवोरमा अस्तलवोरमा दुई वटा टोल समिति गठन गरिएको छ । नगर समितिका कावा अध्यक्ष सुभाष गौतम र क्षेत्रीय सदस्य रेसम विकको पहल तथा बिशेष उपस्थितिमा संगठनको आवश्यक छलफल पछि टोल समिति गठन गरिएको हो ।

जसमाः अध्यक्ष- राजु विक, सचिव- विरु विक, कोषाध्यक्ष- तुलसा विक, सदस्यहरुमा क्रमशः बिमला विक, कमला विक, बिन्द्रा विक, किसन विक, ईश्वरा विक, फरदिन विक, साबित्रा विक, केशव विक, बिन्दु परियार, हेमन्त विक, सिता विक र सरस्वता विक, चन्द्र विक, प्रेम विक, पबित्रा विक, लोकेश परियार, सरस्वता विक (ख) र एक स्थान रिक्त रहेको छ ।

त्यसैगरि वि टोल समिति निर्माण गरिएको छ । जसमाः अध्यक्ष- राजु परियार, सचिव- मनोज थापा, कोषाध्यक्ष- प्रेम गान्धी, सदस्यहरुमाः हरि परियार, मिना परियार, सरिता परियार, रुपा थापा, माया परियार र सुरक्षा परियार, रेणुका विक, गौरव थापा, सुनिल चौहान र बसन्ता विक रहनुभएको छ ।

त्यसैगरि सोही नगर समिति अन्तर्गत शास्त्रीनगर टोल समिति गठनगरिएको छ । नगर समितिका सचिव बल बहादुर विक र रेसम विकको पहल तथा बिशेष उपस्थितिमा शास्त्री नगर टोल समिति गठन गरिएको हो । संगठनको महत्व र आवश्यकता बारे बिशेष छलफल पछि गठन गरिएको टोल समितिका पदाधिकारीहरु यसप्रकार रहेका छन् ।

जसमाः अध्यक्ष- सन्त बहादुर विक, सचिव- पुरण विक, कोषाध्यक्ष- हेमराज विक, सदस्यहरुमाः सन्तोष विक, नवीन विक, मिलन विक, चन्द्र विक, राजु विक र सुरज विक, खगीलाल विक र हर्क बहादुर विक रहनुभएको छ ।

क्षेत्रीय समितिका रेसम विकले नवनिर्मित समितिलाई आठौं अखिल भारत नेपाली एकता समाजको सम्मेलनको प्रचार प्रसार गरिनुका साथै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार