लोकतान्त्रिक प्रक्रियालाई अबलम्बन गर्दै बन्दशत्र सम्पन्न

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति को आठौं अखिल भारत सम्मेलन बन्द शत्रको कार्यक्रम धनवीर पुन, मोहन गिरी, फूलबिना पौडेल, बेल बहादुर रजाली, राम बहादुर विकको अध्यक्ष मण्डलमा अगाडि बढेको कार्यक्रममा मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी र महासचिव ठाकुर खनालको आतिथ्यता रहेको थियो ।

अध्यक्ष मण्डलको तर्फबाट धनवीर पुनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रम क्षेत्रीय तथा राज्य समितिहरुको रिपोर्टिङबाट अगाडि बढेको थियो । जसअनुसार दक्षिण भारत क्षेत्रीय समितिबाट चन्द्र बहादुर थापा, सुदुर पश्चिमोत्तर क्षेत्रबाट प्रेम सापकोटा, मध्य दक्षिण क्षेत्रबाट रामप्रसाद पौडेल, पश्चिम भारत क्षेत्रबाट बेद बहादुर कार्की, मध्य पश्चिम क्षेत्रबाट खुम पुन, हिमाल राज्यबाट शोभाखर पन्थ, उत्तर भारतबाट रामप्रसाद बस्याल, पूर्बिभारत क्षेत्रबाट हरिप्रसाद शर्मा, मध्य पश्चिम क्षेत्रबाट रामबहादुर थापा, पूर्वोत्तर क्षेत्रबाट कृष्ण क्षेत्री, मध्य भारतबाट नारायण सापकोटाले आ-आफ्नो क्षेत्रको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । आएका रिपोर्ट माथि केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले स्पष्टीकरण दिनुभएको थियो ।

त्यसपछि केन्द्रीय समितिको तर्फबाट अध्यक्ष दुर्गा बहादुर केसीले संगठनात्मक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । ३५७ प्रतिनिधि, ४३ पर्यवेक्षक र ४९ आमन्त्रित दर्शक, स्वयम् सेवक ३२, अतिथि २१ र कलाकार ६१ जना गरि बन्दशत्रमा ५६३ जनाको उस्थिति रहेको थियो । बन्दशत्रमा उपस्थित प्रतिनिधि र पर्यवेक्षकलाई ११ ग्रुपमा विभाजन गरिएको थियो । ग्रुप छलफलमा आएका सुझावहरुलाई ग्रुप लिडरहरुले आ-आफ्नो ग्रुपको तर्फबाट प्रस्तुत गर्नुभएको थियो ।

ग्रुप १ को तर्फबाट के. रतन सिंह, ग्रुप २ को तर्फबाट अर्जुन जि एम, ग्रुप ३ बाट बिन बहादुर रेग्मी, ग्रुप ४ बाट माधब पोख्रेल, ग्रुप ५ बाट राजकमल दत्त, ग्रुप ६ बाट ज्ञान प्रसाद भुसाल, ग्रुप ७ बाट चन्द्रकान्त शर्मा, ग्रुप ८ बाट रबि पौडेल, ग्रुप ९ बाट कमल रायमाझी, ग्रुप १० बाट रेशम बिक र ग्रुप ११ बाट लक्ष्मण खड्काले आफ्नो ग्रुपबाट आएका सुझाब र बिचारहरु राख्नु भएको थियो । आएका कतिपय आबस्यक सल्लाह सुझाब र बिचारहरुप्रति अध्यक्ष दुर्गा बहादुर केसीले स्पस्टिकरण दिनुभएको थियो । तत्पश्चात सङ्ठनात्मक प्रतिबेदन हाउसबाट सर्बसम्मतिले पारित गरिएको थियो ।

त्यस पछि महासचिव ठाकुर खनालले बिधान तथा घोषणा पत्र माथी संशोधन प्रस्ताब प्रस्तुत गर्नुभएको थियो । संशोधन प्रस्ताब माथी हाउसमा ब्यापक छलफल चलेको थियो । बिभाजन गरिएका ग्रुपहरुबाट ग्रुप प्रमुखहरुले आ-आफ्ना सुझाब र टिप्पणी पेस गर्नुभएको थियो । हाउसबाट आएका कतिपय सुझाब र टिप्पणीहरुको केन्द्रीय समितिको तर्फबाट महासचिव ठाकुर खनालले स्पष्ट पार्नुभएको थियो ।

कतिपय सुझाबहरुलाई सामेल गर्ने घोषणा गरेपछी सर्बसम्मतिले हाउसबाट पारित भएको थियो । त्यसपछि केन्द्रीय समितिको तर्फबाट कोषाध्यक्ष कुल बहादुर थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरेको प्रतिबेदन माथी हाउसबाट आएका सुझाब र टिप्पणीहरुमाथि कार्यालयको तर्फबाट महासचिव ठाकुर खनालले प्रष्टउनु भएको थियो । त्यस पछि हाउसबाट सर्बसम्मतीले पास गरिएको थियो । सम्मेलनमा महासचिव ठाकुर खनालले सामसामयीक विषयसँग सम्बन्धित विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । हाउसबाट सर्बसम्मतीले पास गरिएको थियो ।

अध्यक्ष मण्डलले पुरानो समितिको आत्मालोचना एवं आलोचनाको लागि केन्द्रीय समितिका पदाधिकारीहरु सहित सल्लाहकार सदस्यहरुलाई हाउसमा बोलाईनुका साथै समितिको तर्फबाट अध्यक्ष दुर्गा बहादुर केसीले समितिको आत्मालोचना गर्नुभएको थियो । हाउसबाट आएका आलोचना व्यक्तिगतलाई सम्बन्धित व्यक्तिले तथा समितिलाई आलोचनालाई महासचिव ठाकुर खनालले स्पष्ट पार्नुभएको थियो ।

भैरवराज रेग्मी, मतिराज गौतम, चन्द्रकान्त शर्मा, रण बहादुर थापा र जुना चालिसे रहेको पाँच सदस्यीय चुनाव आयोग गठन गरिएको थियो । सम्मेलनमा ४७ पूणर् सदस्य, १५ बैकल्पिक सदस्य र १५ सदस्य सल्लाहकार रहने गरि ७७ सदस्यीय केन्द्रीय समितिको बनाउने प्रस्ताव पारित गरियो ।

त्यस्तै बन्दशत्रमा १९५ सदस्यीय केन्द्रीय परिषदको संख्या प्रस्तुत गरि पारित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार