
आठौं अखिल भारत सम्मेलन यो प्रस्ताव पास गर्दछ कि
१. साम्राज्यवादीहरु अमेरिका र रुसका कारणले युक्रेनमाथि युद्धको स्थिति सृजना भएको छ । त्यसले सर्वसाधारण जनताहरु मारमा परेका छन् । तत्काल युद्ध जस्तो बाताबरण अन्त गर्न र शान्ति बहाली गर्नु पर्दछ ।
२. अफ्गानिस्तानमा महिला माथि अनेकौं प्रतिवन्ध लगाइएको छ र उनीहरुलाई शिक्षाबाट पनि बञ्चित गर्नुका साथै मध्य युगिन बर्वर शासन कायम गरि मानव अधिकारको चरम रुपमा हनन् गरिएको छ । तत्काल मानव अधिकार बहाल गरि महिलाहरु माथिको विभेद अन्त गरिनु पर्दछ ।
३. नेपाली जनताको चर्को विरोधका बाबजुध अमेरिकी सैन्य रणनीति अन्तर्गतको एमसीसी सरकारले पास गर्नु नेपाल माथि साम्राज्यवादी चलखेलको लागि बाटो खोल्नु हो । एमसीसीले नेपालको सार्वभौमिकता, राष्ट्रियता एवं असंगलग्न परराष्ट्र नीति समेतको विरुद्ध छ । राष्ट्रघाती एमसीसी तत्काल खारेज गर्नुको विकल्प छैन ।
४. जातिय, क्षेत्रीय, धार्मीक, भाषिक, रंग, साम्प्रदायीक आदिको आधारमा राजनीतिक धुर्वीकरण गरि जनतालाई एक आपसमा लडाउने काम बन्द गरि सौहार्दपूणर् बाताबरण कायम गरिनु पर्दछ ।
५. भारतस्थित नेपालीहरुलाई जीवनोपयोगी सुविधाको लागि नेपाली प्रमाण पत्र कै आधारमा आधारकार्ड उपलब्ध गराइनु पर्दछ ।
६. भारतस्थित नेपालीहरुलाई सरकारी/गैरसरकारी नोकरीको लागि डोमिशाइल सर्टिफिकेट, इलिजीविटी प्रमाण पत्रको अनिवार्यता समाप्त गरिनु पर्दछ ।
७. नोकरीबाट अवकास भई स्वदेश गएका नेपालीहरुलाई आफ्नै देशको निकटतम् बैंकमा पेन्शन पाउने एवं जिवित प्रमाणपत्र उपलब्ध गराउन पाउने व्यवस्था गरिनु पर्दछ ।
८. नेपालीहरुमाथि हुने विभेद, रेल्वे स्टेशन तथा बस अड्डा एवं सीमानामा हुने लुटपाट बन्द गरियोस् ।
९. भारतस्थित प्रवासी नेपालीहरुलाई मताधिकार एवं सामाुनपातिक प्रतिनिधित्व सुनिश्चित गरियोस् ।
१०. १९५० लगायत विभिन्न असमान सन्धि खारेज गरियोस् ।
११. गणतन्त्र, राष्ट्रियताको रक्षाको लागि भारतस्थित देशभक्त जनतान्त्रिक नेपालीहरु एकजुट हौं ।
१२. भारत तथा नेपालका जनताको मित्रता सुदृढ गरौं ।
















